गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार १४:३९

15
Share
Featured
  • सरकारले शीतलहर र हिमपात व्यवस्थापनका लागि पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको गृहमन्त्री अर्यालले बताए।
  • कार्ययोजनाको उद्देश्य समन्वय, सहकार्य र सहभागितामार्फत सम्भावित क्षति न्यूनिकरण गर्नु तथा जोखिम समुदायलाई पूर्वसूचना, चेतावनी र सुरक्षित आश्रय सुनिश्चित गर्नु हो।
  • प्रभावकारी कार्यान्वयनका लागि बजेट, संस्थागत क्षमता, समन्वय तथा सबै निकायको साझा प्रतिबद्धता अपरिहार्य भएको उनले उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् । 

बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् । 

उनले भने, ‘सित लहर र हिमपात जस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी तरिकाबाट व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको छ । यो कार्ययोजनाको प्रमुख उद्देश्य सबै सरोकारवालाको समन्वय, सहकार्य र सहभागितामा सित लहर र हिमपातबाट हुन सक्ने सम्भावित क्षति र प्रभाव न्यूनिकरण गर्नु रहेको छ ।’

यस्तै, उनले कार्ययोजनाहरु कार्यान्वयनको सन्दर्भमा सबै एकै आवाजमा प्रतिबद्ध हुनु आवश्यक रहेको भन्दै मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा उत्तरदायित्व भएको बताए । 

उनले भने, ‘कार्ययोजनाहरु कार्यान्वयनको सन्दर्भमा आजको छलफल एकदमै महत्वपूर्ण छ । किनकि सुरक्षा जीविकोपार्जन, स्वास्थ्य सेवा लगायतका सूचकहरुमा यी प्रकोपले गहिरो प्रभाव पार्ने गरेका छन् । यस सन्दर्भमा हामी सबै एकै आवाजमा प्रतिबद्ध हुनुपर्छ कि मानव जीवन र सम्पत्तिको सुरक्षा हामी सबैको साझा उत्तरदायित्व हो ।’

साथै, जोखिममा रहेका समुदायमा पूर्व अनुमान तथा पूर्व सूचनाको पहुँच पु-याउदै  प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय, राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको भन्दै सहकार्य र स्पष्ट रुपमा भूमिका निर्वाह नै दिर्घ संकट व्यवस्थापनको आधार रहेको पनि उनको भनाई छ । 

उनले भने, ‘सित लहर र हिमपातको पूर्व तयारी र प्रतिकार्य एक राष्ट्रिय चुनौती हो । कार्ययोजना कार्यान्वनयका लागि बजेट लगायतका स्रोत साधनको व्यवस्थापन, संस्थागत क्षमता विकास सरोकारवाला सबै निकायहरु बीच प्रभावकारी समन्वय सहकार्य र सञ्चार एंव जोखिममा रहेका समुदायमा पूर्व अनुमान तथा पूर्व सूचनाको पहुँच पु-याउदै । प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय, राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको छ । सहकार्य र स्पष्ट रुपमा भूमिका निर्वाह नै दिर्घ संकट व्यवस्थापनको आधार हो ।’

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँ

ट्यागहरू

#गृहमन्त्री#छलफल#वर्षा र हिमपात#ओमप्रकाश अर्याल#गृहमन्त्री ओमप्रकाश अर्याल#चेतावनी#सरकार#जानकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    भर्खरै

    News Image

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू