बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपुर्ति दिन भने अस्विकार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

17
Share
Featured
  • बीबीसीले ६ जनवरी २०२१ मा ट्रम्पको भाषणलाई भ्रामक रूपमा सम्पादन गरेर प्रस्तुत गरिएको स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले मागेको १ अर्ब डलर क्षतिपूर्ति दिन अस्वीकार गर्‍यो।
  • विवादित सम्पादनका कारण बीबीसी महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिए, र २०२४ को वृत्तचित्र पुनःप्रसारण नहुने निर्णय गरियो।
  • बीबीसीले ट्रम्पको भाषणका छुट्टाछुट्टै भाग जोडेर भ्रामक तीन उद्धरण जस्तो बनाइएको बताइएपछि कानुनी पत्रमार्फत क्षतिपूर्तिको दाबी अस्वीकार गरेको छ।
  • ट्रम्पले बीबीसीलाई भाषण ‘बिगारेको’ आरोप लगाउँदै यसलाई लोकतन्त्रमा हस्तक्षेप र निर्वाचन प्रभाव पार्ने प्रयासको रूपमा व्याख्या गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


ब्रिटिश प्रसारक बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पलाई जनवरी ६, २०२१ को भाषणका केही अंशहरू सम्पादन गरेर भ्रामक रूपमा प्रस्तुत गरिएकोमा माफी मागेको छ । तर, ट्रम्पले मागेको क्षतिपूर्ति दिन भने बीबीसीले अस्वीकार गरेको छ ।

बीबीसीका अनुसार उक्त सम्पादनले यस्तो गलत धारणा दिएको थियो कि ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक गतिविधि गर्न आह्वान गरेको जस्तो देखिएको थियो । बीबीसीले उक्त कार्यक्रम २०२४ को वृत्तचित्र पुनःप्रसारण नगर्ने निर्णय पनि गरेको छ ।

ट्रम्पले भनेका छन, ‘बीबीसीले अक्टोबर २०२४ को वृत्तचित्र फिर्ता लिएर मसँगमाफी माग्नुकासाथै एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्छ । होइनभने बबिीसीलाई मुद्धा हाल्नेछु ।’ यस प्रकरणपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभागकी प्रमुख डेबोरा टर्नेस ले राजीनामा दिएका छन् । माफीको पूर्वसन्ध्यामा २०२२ मा प्रसारित ‘न्युजनाइट’ कार्यक्रममा गरिएको अर्को भ्रामक सम्पादन पनि सार्वजनिक भएको थियो ।

सीएनएनका अनुसार बीबीसीका वकिलहरूले ट्रम्पको कानुनी समूहलाई प्रत्युत्तर पत्र लेखेका छन् । बीबीसी अध्यक्ष समिर शाह ले ट्रम्पलाई व्यक्तिगत पत्र लेख्दै, ‘जनवरी ६, २०२१ को भाषणमा गरिएको सम्पादनको लागि हामी माफी माग्छौं,’ उनले भनेका छन् । बीबीसीले उक्त वृत्तचित्र कुनै पनि प्लेटफर्ममा पुनःप्रसारण नहुने निर्णय गरेको छ र यो मानहानीपूर्ण होइन भन्ने अडान राखेको छ ।

वृत्तचित्रमा ट्रम्पको भाषणका दुई फरक भागलाई मिलाएर तीन उद्धरण जस्ता देखाउने गरिएको थियो । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले बीबीसीले आफ्नो भाषणलाई ‘बिगारेको’ आरोप लगाएका छन् । उनले आफ्नो भाषणलाई सुन्दर, शान्तिपूर्ण र उत्तम भएको दाबी गरेका छन् ।

सत्य सामाजिक सञ्जाल ट्रुथ सोसियल मा ट्रम्पले लेखेका छन्, ‘बीबीसीका शीर्ष अधिकारीहरूले मेरो परिपूर्ण भाषणलाई डक्टरिङ गर्दा फस्दा राजीनामा दिन बाध्य भएका छन् । यी भ्रष्ट पत्रकारहरूले राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्न खोजेका थिए । यसले लोकतन्त्रका लागि ठूलो क्षति पुर्याएको छ ।’

ट्रम्पले युनाइटेड किंगडमलाई संयुक्त राज्य अमेरिकाको प्रमुख मित्रदेश भए पनि यस किसिमको क्रियाकलाप हुनु लोकतन्त्रका लागि घातक भएको टिप्पणी पनि गरेका छन् ।

यो समाचारमा

डोनाल्ड जोन ट्रम्पसंयुक्त राज्य अमेरिकाकाठमाडौँयुनाइटेड किंगडम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...