चौरासी कोष परिक्रमा यात्रा टोली जनकपुरधाम आउँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

21
Share
Featured
  • हरिहरक्षेत्र–मिथिला चौरासी कोष संकिर्तन परिक्रमा कार्तिक २९ देखि सुरु हुँदै जनकपुरधाम आइपुग्नेछ, भिठ्ठामोडमा भव्य स्वागतको तयारी।
  • जनकपुरधाममा जानकी मन्दिरको अगुवाइमा स्वागत, नगरदर्शन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम जस्ता गतिविधि हुनेछन्।
  • परिक्रमामा नेपाल–भारतका ७ सयभन्दा बढी साधु–सन्त र भक्तजन सहभागी, जनकपुरबाट सहभागी हुन चाहनेका लागि जानकी मन्दिर र विश्व हिन्दु परिषदले व्यवस्था मिलाउनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


हरिहरक्षेत्र मिथिला चौरासी कोष संकिर्तन परिक्रमा टोली जनकपुरधाम आउने भएको छ ।

जनकपुरधामस्थित जनकी मन्दिरमा पत्रकारसम्मेलन गर्दै जानकी मन्दिरुका छोटे महन्त राम रोशन दासले उक्त परिक्रमा टोली जनकपुरधाम आउने पक्का भएको जानकारी दिए ।

महन्त दासका अनुसार कार्तिक २९ गतेदेखि सुरु हुने पाँच दिवसीय संकिर्तन परिक्रमा प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा पनि आउने भएको छ । भारतको बिहारको हाजीपुर स्थित हरिहर क्षेत्रबाट शुरु हुने लागेको संकिर्तन परिक्रमा सोही दिन जनकपुरधाम आइपुग्नेछ । 

शनिबार दिउँसो दुई बजे महोत्तरीको भारतसँग जोडिएको सिमाना भिठ्ठामोड आइपुग्ने र त्याहाँ भव्य स्वागत गरिने महन्त दासले बताए ।

त्यहाँबाट जानकी मन्दिरको अगुवाइमा साधुसन्तहरुको टोलीले उनलाई स्वागत गर्दै जनकपुरधाम ल्याउनेछ । परिक्रमामा सहभागीलाई जानकी मन्दिर तथा नागरिक समाजद्वारा भव्य स्वागत गरी नगरदर्शन गराउने लगायतका कार्यक्रमहरु रहेको महन्थ दासले जनाएका छन् । उनका अनुसार नगर दर्शनपछि साँझपख दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिनेछ ।

जनकपुरधामपछि ती परिक्रमा टोली भारत बिहारको दरभंगा, अहिल्यास्थान, पातरपुर, सिमरिया र विशौल हुँदै पुनः हाजीपुर पुगेर एक दिने विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न हुने छ । सो परिक्रमा टोली नेपाल भारत मिथिला क्षेत्रका ७ सयभन्दा बढी साधुसन्त, धर्मगुरु सहित श्रद्धालु भक्तजनहरुको सहभागिता रहनेछ ।

जनकपुरधामबाट समेत परिक्रमा टोलीमा साधुसन्त र श्रद्धालुहरु सहभागी हुन चाहेमा जानकी मन्दिर र विश्वहिन्दु परिषदद्वारा व्यवस्थापन गर्न सकिने महन्त दासले बताए ।

यो समाचारमा

महोत्तरीजनकपुरजनकी मन्दिरकाठमाडौँ
भारत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...