पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

20
Share
Featured
  • पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इन्जुरी समयको पाँचौं मिनेटमा जोएओ नेभेसको हेड गोलसँगै लियोनमाथि रोमाञ्चक जित निकालेको छ।
  • खेलको पहिलो हाफमा आठ मिनेटको अवधिमा तीन गोल भएका थिए – पिएसजीका वारेन जायर एमरीले २६ औँ मिनेटमा अग्रता दिलाएका थिए, लियोनका अफोन्सो मोरेइराले ३० औँ मिनेटमा बराबरी गोल फर्काए, र पिएसजीका खिभिखा काभारात्खेलियाले ३३ औँ मिनेटमा अग्रता पुनः दिलाए।
  • दोस्रो हाफको ५० औँ मिनेटमा लियोनले बराबरी गोल गरे पनि अतिरिक्त समयमा पिएसजीले निर्णायक गोल गर्दै १२ खेलमा २७ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम रह्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


पेरिस सेन्ट-जर्मेन फुटबल क्लब (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै लियोनमाथि सनसनीपूर्ण जित निकालेको छ ।

पिएसजीका लागि जोएओ नेभेसले निर्धारित समयपछि थप भएको समयको पाँचौं मिनेटमा हेडमार्फत् गोल गरेका हुन् ।

रोमाञ्चक बनेको खेलको पहिलो हाफको आठ मिनेटको अन्तरमा तीन गोल भएका थिए । उक्त खेलको २६ औं मिनेटमा गोल गर्दै वारेन जायर एमरीले पिएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको ३० औं मिनेटमा लियोनका अफोन्सो मोरेइराले बराबरी गोल फर्काए भने ३३ औं मिनेटमा पिएसजीका खिभिखा काभारात्खेलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

अतिरिक्त समयकै तीन मिनेटमा लियोनका डिफेन्डर निकोलस टयाग्लियाफीको लगातार दोस्रो पहेँलो कार्ड पाएसँगै मैदानबाट बाहिरिएका थिए । त्यसपछिको दुई मिनेटमै खेल रोमाञ्चक ढंगले पिएसजीको पक्षमा पुग्यो ।

दोस्रो हाफको ५० औं मिनेटमा लियोनका आइन्सली मेटल्यन्डले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । त्यसपछि अन्तिम समयसम्म बराबरी भएको खेलमा पिएसजीले अतिरिक्त समयमा बाजी मारेको हो ।

यो जितसँगै १२ खेल खेलेको पिएसजी २७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

यो समाचारमा

पेरिस सेन्ट-जर्मेन फुटबल क्लबकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...