किसानको सहलगानीमा भित्रियो ६२ लाख बढीको आधुनिक मेसिन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

10
Share
Featured
  • मोरङको उर्लाबारी–९ का किसानहरूले ६२ लाख ७६ हजार रुपैयाँ लागतमा अत्याधुनिक हार्भेष्टर, ट्याक्टर, बेलर र ट्रली भित्र्याएका छन्, जसमा कोशी प्रदेश सरकारले ५०% अनुदान दिएको छ।
  • प्रविधिको प्रयोगले धान काट्ने समय घटाउने, श्रम लागत बचत गर्ने र उत्पादन बढाउने लक्ष्य लिएको छ, जसले मजदुर अभावको समस्या समाधान गर्नेछ।
  • किसान, वडा कार्यालय र प्रदेश सरकारको सहकार्यमा गरिएको यो पहलले स्थानीय किसानहरूलाई आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मोरङको उर्लाबारी नगरपालिका–९ का किसानहरूले लामो समयको सपना पूरा गर्दै अत्याधुनिक धान काट्ने मेसिन हार्भेष्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रली भित्र्याएका छन् । कुल लागत ६२ लाख ७६ हजार रुपैयाँ पर्ने यस परियोजनामा कोशी प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिएको छ ।

वडा अध्यक्ष नरबहादुर मोक्तानले भने,‘हाम्रो उद्देश्य किसानलाई प्रविधिसँग जोडेर उत्पादनमा वृद्धि गर्नु हो । समयमै मल, जल र बीउ व्यवस्थापन गर्दा प्रति मन ११० मनसम्म धान उत्पादन सम्भव छ। तर, कृषि मजदुरको अभावले धान भित्र्याउन समस्या भइरहेको थियो। अब पूर्ण प्रविधियुक्त खेतीले किसानलाई मजदुरको पर्खाइमा निर्भर नबनाउनेछ ।’

किसान डिकेन्द्र बस्नेतले अनुभव साझा गर्दै भने, ‘धान काट्न मजदुरको समस्या भइरहेको बेला हार्भेष्टर गाउँमै आइपुग्यो । थोरै खर्चमा छिटो र छरितो ढंगले धान भित्र्याउन सक्यौं । यदी पराल व्यवस्थापनका लागि अलग मेशिन पनि भए अझ सजिलो हुने थियो ।’

साबिक राजघाट गाबिस हाल उर्लाबारी–८ र ९ धानको सघन खेती हुने वडाहरूमध्ये पर्दछ। यहाँ पालिकाले मकै खेतीको पकेट कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलका अनुसार, वडाले प्रविधि भित्राउन १० लाख रुपैयाँ विनियोजन गरेको थियो। किसानहरूले ट्याक्टर खरिदमा ७ लाख ४६ हजार रुपैयाँ लगानी गरेका छन्।

किसान, वडा कार्यालय र प्रदेश सरकारको साझेदारीमा ल्याइएको यस प्रविधिले धान काट्ने समय घटाउँछ, श्रमको लागत बचत गर्छ र उत्पादनमा सुधार ल्याउँछ । किसानहरूले प्रतिघण्टा ६ हजार रुपैयाँ मात्र तिर्नेछन्, सामान्यतया बजारमा यो मूल्य ७,५०० रुपैयाँ पर्ने गर्दछ।

विकास र प्रविधिको यो सहकार्यले उर्लाबारी–९ का किसानहरूलाई आत्मनिर्भर बनाउने, उत्पादन बढाउने र कृषि क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने स्थानीयको भनाई छ ।


यो समाचारमा

काठमाडौँमोरङउर्लाबारी नगरपालिकाकोशी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...