धनुषा र महोत्तरीसंग जोडिएका नेपाल–भारत नाका बन्द

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

11
Share
Featured

काठमाडौँ


भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका कारण धनुषामहोत्तरी जिल्लाका नेपाल–भारत सीमावर्ती नाकाहरु तीन दिनका लागि बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, धनुषा र जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार  सूचना जारी गर्दै आगामी मङ्गलबार अर्थात् २०८२ साल कात्तिक २५ गते (२०२५ नोभेम्बर ११ तारिख) हुने निर्वाचनलाई दृष्टिगत गर्दै सीमामा शान्ति सुरक्षा व्यवस्थापनका लागि नाका बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

सूचनाअनुसार मिति २०८२ साल कात्तिक २२ गते साँझ ६ः०० बजेदेखि कात्तिक २५ गते साँझ ६ः०० बजेसम्म नेपाल–भारत सीमाका नाकाहरुमा मानवीय तथा आर्थिक गतिविधि पूर्ण रूपमा रोक्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासनले नागरिकलाई उक्त अवधिमा सीमा नाका पार नगर्न अनुरोध गर्दै आवश्यक सहयोग र जानकारीका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ।

यो समाचारमा

धनुषाकाठमाडौँमहोत्तरीनेपाल
भारत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...