बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

11
Share
Featured
  • इटहरीमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु भएको छ।
  • तालिमले स्थानीय युवालाई कफी तयार गर्ने सिप सिकाउने लक्ष्य लिएको छ।
  • आयोजक र अधिकारीहरूले यसलाई दीगो रोजगार, उद्यमशीलता र पर्यटन विकासतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना  २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ । 

नेपाल पर्यटन बोर्डसंयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यीएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा सञ्चालन गरिएको यस तालिमले स्थानीय युवाहरूलाई कफीका विभिन्न परिकारको व्यावसायिक ज्ञान र सिप सिकाउने आयोजकले जानकारी गराएको छ । 

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष तेजबहादुर गिरीले भने, ‘नेपाल पर्यटन बोर्ड र यूएनडीपीले दिएको सहयोग अत्यन्त सराहनीय छ । यस किसिमका तालिमहरूले स्थानीय युवालाई दक्ष बनाएर होटल व्यवसाय र पर्यटन विकासमा ठोस योगदान पु-याउनेछन् ।’

संघका महासचिव कृष्ण पराजुलीले बरिष्टा तालिमलाई दीगो रोजगार र आत्मनिर्भर अर्थतन्त्रतर्फको कदमका रूपमा व्याख्या गर्दै सहभागीहरूलाई लगनशीलताका साथ सिप सिक्न आग्रह गरे ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशीला कुमारी बरालले २५ दिने तालिमले सिप हासिल र क्षमतावृद्धिमा सहयोग पु-याउने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, ‘आफूले सिकेको सिपले होटल व्यवसाय र पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ भन्नेमा म विश्वस्त छु ।’

त्यस्तै, ईटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाले बरिष्टा तालिमले स्थानीय युवालाई उद्यमशीलता र दीगो पर्यटन विकासमा अग्रसर गराउने बताए ।  उनले भने, ‘हाल कफी संस्कृतिको माग बढ्दो छ । यसलाई व्यवसायिक रूपमा विस्तार गर्न यस्ता तालिमहरू महत्त्वपूर्ण आधार बन्नेछन् ।’

२५ दिनसम्म चल्ने यो तालिममा सहभागीहरूले कफीका सम्पूर्ण परिकारहरूको तयारी, प्रस्तुति, र सेवाका व्यावसायिक पक्ष सिक्नेछन् ।  जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अनुसार, यस्तो सिपमूलक तालिमले स्थानीय रोजगार सिर्जना र पर्यटन क्षेत्रको समग्र गुणस्तर सुधारमा योगदान पु-याउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

ईटहरी उपमहानगरपालिकासंयुक्त राष्ट्रकाठमाडौँसुनसरी
नेपाल पर्यटन बोर्ड4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...