अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच सुनिश्चित गर्न दोहामा विश्वस्तरीय छलफल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

24
Share
Featured
  • संयुक्त राष्ट्रसङ्घको महासभा अन्तर्गत कतारको दोहामा आयोजना भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धि सत्र सम्पन्न भएको छ।
  • सत्रमा नेपाल, केन्या र पाकिस्तानका प्रतिनिधिहरूले आफ्ना देशमा अपाङ्गता भएका व्यक्तिहरुको न्याय र पहुँचको अवस्थाबारे प्रकाश पारेका थिए, र एफडब्लुएलडीका अधिवक्ता सविन श्रेष्ठले नेपालमा कानुनी प्रावधान भए पनि व्यवहारमा लागू नभएको कुरा उल्लेख गरे।
  • सत्रको निष्कर्ष अनुसार राज्यले अपाङ्गताको आधारमा प्रतिबन्ध लगाउने होइन, सकारात्मक वातावरण सिर्जना गरी अपाङ्गता भएका व्यक्तिहरूलाई समान सहभागिता र पहुँच सुनिश्चित गर्न आवश्यक छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


संयुक्त राष्ट्र सङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धि सत्रको आयोजना गरिएको छ । 

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इन्टरनेसनल कमिसन अफ जस्टिस (आइसिजे) लगायतका संस्थाहरु मिलेर अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धि सत्रको आयोजना गरिएको हो । 

‘न्यायलाई पुनर्परिभाषित गरौं, समावेशी प्रणालीको माध्यमद्वारा अपाङ्गता हुने व्यक्तिहरुको बहिष्करण अन्त्य गरौं’ भन्ने विषयमा भएको यो सत्रमा प्रमुख वक्ताको रुपमा फिनल्याण्डका सामाजिक सुरक्षा मन्त्री सानी ग्रहान लसनेनले सम्बोधन गरेकी थिइन् ।

विशेष मन्तव्यको रुपमा युएनको संयुक्त राष्ट्र संघीय अपाङता भएको व्यक्तिहरुको विशेष प्रतिवेदक हेबा हग्रासले आफ्ना कुराहरु राखेकी थिइन् । 

यो सत्रको प्यानल डिस्कसनमा तिन देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालको तर्फबाट एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठ, केन्याको स्थर क्यारोलिन र पाकिस्तानको मोहम्मद अल हस्नानले आ–आफ्नो देशमा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचको अवस्थाकाबारेमा प्रकाश पारेका थिए । यो सेसनको सहजीकरण आइसिजेकी अधिवक्ता करुणा पराजुलीले गरेकी थिइन् ।

विशेष गरि राज्यले अपाङ्गताको आधारमा प्रतिबन्ध लगाउने वा वन्चित गर्ने भन्दा पनि सकारात्मक वातावरण सिर्जना गरेर अपाङ्गता भएका व्यक्ति पनि अरु सरह समान रुपमा सहभागि हुन सकुन् र समान रुपमा पहुँच पाउन् सकुन् भन्ने सुनिश्चितता गर्नुपर्छ भन्ने यो सेसनको निष्कर्ष थियो ।

एफडब्लुएलडीको तर्फबाट अधिवक्ता सविन श्रेष्ठले नेपालमा अपाङ्गताका लागि कानुनमा राम्रा प्रावधानहरु आएको, अपाङ्गता मैत्री निर्देशिकाहरु आएको तर त्यसको वास्तविक व्यवहारमा लागु हुन नसकेको बताएका थिए ।  

त्यसको लागि अझै काम गर्नुपर्ने अवस्था रहेको बताउदै उनले विभिन्न संरचनाहरूमा अपाङ्गता भएको व्यक्तिको प्रतिनिधित्वहरू बढाउनुपर्ने स्थिति रहेको र अपाङ्गता भएको विविधताको आधारमा सबैतिर अपाङ्गता भएको व्यक्तिको पहुँचलाई स्थापित गर्न निरन्तर काम गरिरहेको बताएका थिए ।

विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता रहेको उक्त सम्मेलन कात्तिक १८ देखि २० गतेसम्म आयोजना भइरहेको छ ।

यो समाचारमा

केन्याकाठमाडौँसंयुक्त राष्ट्रपाकिस्तान
दोहा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...