अमेरिकाको केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना, ३ जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

11
Share
Featured
  • अमेरिकाको केन्टकीस्थित लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त भएको छ, जसलाई गभर्नरले ‘ठूलो विपत्ति’ भनेका छन्।
  • दुर्घटनामा हालसम्म ३ जनाको मृत्यु र ११ जना घाइते भएका छन्।
  • विमानमा करिब १,४४,००० लिटर इन्धन रहेकोले आगो नियन्त्रण गर्न कठिनाइ भइरहेको छ, र अधिकारीहरूले आसपासको क्षेत्र नजान चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकाको केन्टकीस्थित लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा इन्धन बोकेको एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको छ। केन्टकीका गभर्नर एन्डी बेशियरले यस घटनालाई 'ठूलो विपत्ति' को संज्ञा दिएका छन्।

दुर्घटनापछि विमानमा लागेको आगो अझै पनि बलिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, यस घटनामा हालसम्म तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

उक्त कार्गो विमानले करिब एक लाख ४४ हजार लिटर इन्धन बोकेको थियो, जसका कारण आगो निभाउन अग्नि नियन्त्रकहरूलाई कठिनाइ भइरहेको छ। अधिकारीहरूले दुर्घटनास्थलको आसपास नजान चेतावनी जारी गरेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...