नवजागरणको साकोसको एक वर्षको नाफा २ करोड ५ लाख

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

16
Share
Featured
  • रामेछाप मन्थलीस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाले गएको आर्थिक वर्षमा २ करोड रुपैंयाँ नाफा कमाएको भए पनि सो रकम ऋण सुरक्षा कोषमा राख्नुपर्ने भएकाले नाफा देखाइएको छैन।
  • अघिल्लो वर्षसम्म सो कोषमा ३ करोड रुपैयाँ जम्मा भइसकेको छ, जसले संस्थाको वित्तीय स्थायित्व मजबुत पारेको छ।
  • हाल सहकारीमा ९ हजार ८७ जना सदस्य छन् — महिला ४ हजार ५५७, पुरुष ४ हजार ४६५ र संस्थागत सदस्य २५ जना।
  • संस्थाको चुक्ता पुँजी ४ करोड ३० लाख, बचत ५४ करोड १३ लाख र ऋण लगानी ३५ करोड ३८ लाखभन्दा बढी रहेको छ, र सभामा उत्कृष्ट सदस्य तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछापको मन्थली स्थिति नवजागरण बचत तथा ऋण सहकारी संस्थ (साकोस) ले गएको आर्थिक वर्षमा २ करोड रुपैँया नाफा कमाएको छ । 

मंगलबार संस्थाको वार्षिक साधारण सभामा २७ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सोमेश थापाले संस्थाले यस वर्ष २ करोड ५ लाख बढी नाफा कमाएको भए पनि सो रकम ऋण सुरक्षण कोषमा राख्नु पर्ने व्यवस्था आएकोले संस्थाको नाफा नदेखिएको जानकारी दिए । सो कोमा अघिल्लो वर्ष ३ करोड रुपैँया जम्मा भएको छ ।  

संस्थाका सचिव नारायणबहादुर कार्कीका अनुसार संस्थामा हाल ९ हजार ८७ जना सदस्य रहेका छन् । जसमा महिला ४ हजार ५ सय ५७ जना, पुरुष ४ हजार ४ सय ६५ जना र संस्थागत सदस्य २५ रहेका छन् ।

संस्थाको चुक्ता शेयर पुँजी ४ करोड ३० लाख ३१ हजार ६ सय, बचत रकम ५४ करोड १३ लाख १५ हजार २ सय ७ रुपैँया, ऋण लगानी ३५ करोड ३८ लाख ४२ हजार ७ सय ३० रुपैँया रहेको छ । 

साधारण सभामा असल सेयर सदस्य तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नारायणबहादुर कार्कीले संगठनको प्रतिवेदन तथा कोषाध्यक्ष भीमसेन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो समाचारमा

रामेछापकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...