हेटौंडामा पूर्व–पश्चिम राजमार्गको बीचमा बेनामे बोर्ड, स्थानीय हैरान

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

19
Share
Featured
  • पूर्व–पश्चिम राजमार्गको हेटौंडा खण्डमा सुमार्गी कम्प्लेक्सअगाडि बेनामे सूचना बोर्ड राखिएको पाइएको छ, जसमा कुनै सरकारी निकायको नाम वा लोगो छैन ।
  • स्थानीयले उक्त बोर्ड सडक सुरक्षाका लागि जोखिमपूर्ण भएको भन्दै चाँडो हटाउन माग गरेका छन् ।
  • सडक विभाग र जिल्ला प्रशासन कार्यालयले बोर्ड कसले राखेको हो भनी अनुसन्धान सुरु गर्ने तयारी गरेका छन् ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


पूर्व–पश्चिम राजमार्गको हेटौंडा खण्डमा, सुमार्गी कम्प्लेक्सअगाडिको भागमा हालै राखिएको एउटा ‘बेनामे सूचना बोर्ड’ले स्थानीयमा कौतुहलता र प्रश्न उत्पन्न गरेको छ ।

सडकको बीच भागमा बाक्लो पोलमा जडान गरिएको उक्त बोर्डमा कुनै पनि सरकारी निकायको नाम, लोगो वा जिम्मेवार संस्था उल्लेख गरिएको छैन । 

स्थानीय व्यापारी र सवारी चालकहरूले उक्त बोर्डको स्थान र डिजाइनले सडक सुरक्षामै जोखिम सिर्जना गर्न सक्ने बताएका छन् । ‘राजमार्गकै बीचमा राखिएको छ, रातमा टाढाबाट हेर्दा ठोक्किने डर हुन्छ,’स्थानीय व्यापारी सुरेश पौडेलले बताए ।

सडक विभागका एक इन्जिनियरले नाम नखुलाउने सर्तमा भने, ‘सडक बीचमा कुनै पनि संरचना राख्न विभागको अनुमति अनिवार्य हुन्छ । यस्तो बोर्ड आधिकारिक अनुमति बिना राखिएको भए तत्काल हटाउनुपर्ने हुन्छ ।’

हालसम्म उक्त बोर्ड कसले राखेको हो भन्ने स्पष्ट भएको छैन । मकवानपुर जिल्ला प्रशासन कार्यालय र सडक विभागले यसबारे अनुसन्धान गर्ने तयारी गरिरहेको जनाइएको छ ।

स्थानीयवासीहरूले सम्बन्धित निकायलाई छिटो अनुसन्धान गरी सार्वजनिक ढंगले जानकारी दिन माग गरेका छन् ।


यो समाचारमा

मकवानपुरकाठमाडौँहेटौंडासडक विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...