एनआरएनए एकताका लागि महेशकुमार श्रेष्ठ नेतृत्वले गर्यो मध्यमार्गी प्रस्ताव

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

19
Share
Featured

काठमाडौँ

गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ ।

आइतबार राति बसेको ओवी बैठकले डा.बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो । श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर)लामाले सहमतिको प्रस्ताव पेश गरेका थिए । बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्व्यन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ ।सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने उल्लेख गरिएको छ ।

श्रेष्ठले डा.बद्री केसीले  नेतृत्व गरेको समूहसँग आपसी संवाद, सहकार्य र सहमतिको माध्यमबाट संघभित्र विगतका विवादहरू समाधान गर्ने र पारदर्शिता, विश्वसनीयता तथा संस्थागत स्थायित्वलाई प्राथमिकता दिने बैठकमा प्रतिबद्धता व्यक्त गरेका छन् । ‘एनआरएनए कुनै व्यक्ति वा समूहको संगठन होइन, यो विश्वभरका नेपालीहरूको साझा घर हो, जसलाई हामी सबैको सहकार्यले मात्र मजबुत बनाउन सक्छौं,’ श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठको नेतृत्वमा तयार गरिएको मस्यौदाले आगामी १२औं महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य रूपमा सम्पन्न गर्ने स्पष्ट योजना समेटेको प्रवक्ता गंगाधर गौतमले बताए । उनले यसका लागि अध्यक्ष श्रेष्ठको नेतृत्वमा स्टेरिङ कमिटी गठन गर्ने र एमआइएस  व्यवस्थापन समिति र विवाद समाधान समितिहरु पनि गठन गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको अधिवेशनबाट निर्वाचित भएको हो ।  एनआरएनको आधिकारिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने बुँदा पनि सहमति प्रस्तावमा समावेश गरिएको छ । प्रवक्ता गौतमले कार्यसमितिबाट प्रस्ताव पारित भएकाले अब एकताको बल केसी पक्षको कोर्टमा रहेको जानकारी दिए ।

 सहमतिका प्रस्तावित मुख्य बुँदाहरुः 

–एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा। बद्री के।सी।को नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने ।

–सम्मानित सर्वोच्च अदालतको मिति २०८० चैत्र २१ गते (२०२४ अप्रिल ३ तारिख) रिट नं ०७९–धय–१५०७ मा भएको परमादेश बमोजिम संघका पूर्व अध्यक्ष डा.शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा मिति २०२५ मे ३–४ मा आयोजित महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मतरूपमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने, साथै संघको केन्द्रिय कार्यालयमा अध्यक्ष महेश कुमार श्रेष्ठ र पदाधिकारीहरुलाई कार्यालयमा पदासिन गराउने ।

गैर आवासीय नेपाली संघको बाह्रौं महाधिवेशन सहमति पत्रमा हस्ताक्षर भएका मितिले ६ महिना भित्र सम्पन्न गर्ने । १२औं महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्न र नियमित कार्यालय सञ्चालन गर्नका लागि एक स्टेअरिङ कमिटी गठन गर्ने । उक्त कमिटीले विधानमा र कार्यविधिमा  व्यवस्था भए अनुसार निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, सदस्यता तथा प्रतिनिधी व्यवस्थापन समिति र न्यायिक समिति गठन गर्ने ।

यो समाचारमा

काठमाडौँसर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...