हङकङ विमानस्थलमा कार्गो विमान दुर्घटना, दुई जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०३, सोमबार ०८:५२

15
Share
Featured
  • एमिरेट्सको कार्गो उडान (ईके९७८८) दुबईबाट अवतरण गर्ने क्रममा स्किड भएर समुद्रमा खसेको छ।
  • धावनमार्गमा कार्यरत दुई जना कर्मचारीको मृत्यु भएको छ भने विमानका चारै चालक दलका सदस्य सकुशल उद्धार गरी अस्पतालमा लगिएका छन्।
  • दुर्घटनापछि उत्तरी धावनमार्ग अस्थायी रूपमा बन्द गरिएको छ, तर अन्य दुई धावनमार्ग नियमित सञ्चालनमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा स्किड भएर एउटा कार्गो विमान समुद्रमा खसेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार यस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। एमिरेट्सको उडान नम्बर ईके९७८८  (एरोट्रान्सकार्गो) दुबईबाट स्थानीय समयअनुसार बिहान करिब ०३ः५० बजे अवतरण गर्ने क्रममा उत्तरी धावनमार्गमा एउटा गाडीमा ठोक्किएको थियो।

नागरिक उड्डयन विभागका अनुसार दुर्घटनापछि विमानस्थलको जमिनमा कार्यरत दुई जना कर्मचारी समुद्रमा खसेका थिए। उनीहरूको उद्धार गरिए पनि पछि अस्पतालमा मृत्यु भएको सार्वजनिक प्रसारण संस्था आरटीएचके लगायत स्थानीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन्। विमानमा सवार चार जना चालक दलका सदस्य भने सकुशल उद्धारपछि उपचारका लागि अस्पताल लगिएका छन्।

दुर्घटनापछि प्रभावित उत्तरी धावनमार्ग बन्द गरिएको छ, तर विमानस्थलका अन्य दुई धावनमार्ग भने सञ्चालनमा रहेका छन्। विमानस्थल प्राधिकरणले स्थानीय समयअनुसार बिहान १०ः०० बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। राम्रो सुरक्षा रेकर्ड रहेको यस विमानस्थलमा यस्तो दुर्घटना बिरलै हुने गरेको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#दुर्घटना#नागरिक उड्डयन प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    अमेरिका-इरान तनाव : विश्वकै प्रमुख तेल ढुवानी मार्ग 'हर्मुज जलघाँटी' बन्द गर्ने इरानी सैन्य दस्ताको घोषणा

    अमेरिकी आक्रमणपछि इरान कमजोर बनेको ट्रम्पको दाबी, खाडी राष्ट्रसँग मागे सुरक्षा क्षतिपूर्ति

    विश्वभर एआईको माग बढ्दा चिनियाँ निर्यातमा उछाल, जुन महिनामा २७ प्रतिशतको वृद्धि

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू