नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०३, सोमबार

13
Share
Featured
  • नर्सहरूको पारिश्रमिक र सेवा–सुविधा सम्बन्धी समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ, जसको संयोजन नेपाल नर्सिङ सङ्घले गर्नेछ।
  • प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री सुशीला कार्कीको आदेशअनुसार अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन भई ७ दिनभित्र कार्यान्वयन योजना प्रतिवेदन पेश गर्न भनिएको छ।
  • तिहार बिदालाई ध्यानमा राख्दै कार्यदलहरूले भर्चुअल माध्यमबाट अध्ययन र समन्वय कार्य अगाडि बढाउने निर्णय गरेको छ, र दोस्रो बैठक कात्तिक ९ गते बोलाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पारिश्रमिकका लागि सङ्घर्षरत नर्सहरूको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव प्रा डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको  बसेको पहिलो बैठकले यो निर्णय गरेको हो।

नेपाल नर्सिङ सङ्घको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्स प्रतिनिधि समेतको कार्यदल ७ वटै प्रदेशमा गठन गर्ने र सो कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको समितिका सदस्य डा अनुप बास्तोलाले जानकारी दिए ।

मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुख समेत रहेका डा. बास्तोलाका अनुसार सो कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्न सक्नेछ ।

प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा लगायतका विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन ७ दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरिएको थियो ।

आइतबार नै समितिको पहिलो बैठक बसी तिहार बिदाका अवधिमा भर्चुअल माध्यमबाटै भए पनि अध्ययनको काम अघि बढाउने गरी सातै प्रदेशमा कार्यदल बनाउने निर्णय गरेको हो।

‘मिति २०८२।०७।०२ गते सम्माननीय प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरको निर्णय भएअनुसार गठन भएको कार्यदलले नजिकै आउँदै गरेको शुभ दीपावली तथा छठको बिदालाई मध्यनजर राख्दै भर्चुअल माध्यमबाट सम्पर्कमा रही आवश्यक प्रक्रिया अगाडि बढाउने’ निर्णयमा भनिएको छ।

समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ । उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्ससहित निजी क्षेत्रका प्रतिनिधिलाई पनि अनिवार्य उपस्थित हुन समितिले भनेको छ। समितिले दिएको कार्ययोजनासहितको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरिनेछ ।

यो समाचारमा

काठमाडौँस्वास्थ्य तथा जनसंख्या मन्त्रालयसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...