बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

Author

सजिलो पत्रिका

२०८२ असोज २६, आइतबार

15
Share
Featured
  • स्वर्ण पदक सफलता: नेपाली सेनाले वेल्समा सम्पन्न ‘क्याम्ब्रियन पेट्रोल अभ्यास २०२५’ मा सर्वोत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्यो।
  • अन्तर्राष्ट्रिय प्रतिस्पर्धा: ३३ देशका ११७ टोली सहभागी अभ्यासमा सेनाले ५० किलोमिटरको कठिन दूरी हतियार र सामग्रीसहित पार गर्दै विभिन्न सैन्य दक्षता प्रदर्शन गर्‍यो।
  • पुन: स्वर्ण जित: नेपाली सेनाले यसअघि २०१७, २०१९ र २०२४ मा पनि सोही अभ्यासमा स्वर्ण पदक जितिसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा २०८२ अशोज २३ बाट २५ गतेसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन पेट्रोल अभ्यास’ Exercise Cambrian Patrol २०२५ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको छ ।

उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो ।  सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।

दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ । 

यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । 


यो समाचारमा

नेपाली सेनाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...