बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता

Author

सजिलो पत्रिका

२०८२ असोज २५, शनिबार

22
Share
Featured
  • बाजुराका ९ वटै स्थानीय तहले एक वर्षमै करिब १३ करोड रुपैयाँ अनियमित खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।
  • सबैभन्दा बढी अनियमितता बुढीगंगा नगरपालिकामा ३ करोड ३८ लाख रुपैयाँभन्दा बढी भएको पाइएको छ।
  • दरबन्दीबाहेकका कर्मचारी नियुक्त गरी ७ करोडभन्दा बढी रकम तलव भत्तामा खर्च गरिएकाले स्थानीय तहहरूमा व्यापक भ्रष्ट्राचारको आलोचना भएको छ।
समाचार सारांशGenerated using AI.

बाजुरा

बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ । यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो ।

विभिन्न शीर्षकमा कागजात नपुर्याइ स्थानीय तहले रकम भुक्तानी गरेको पाइएको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदन अनुसार विभिन्न शीर्षकमा बाजुराका स्थानीय तहहरुले नियम विपरीत रकम भुक्तानी गरेर अनियमितता गरेको जनाएको छ ।

आर्थिक बर्ष २०८०/०८१ मा यहाँका स्थानीय तहहरुले १३ करोड १ लाख ५२ हजार एक सय ७ रुपैयाँ अनियमित गरेको प्रतिवेदनमा उल्लेख छ  । प्रतिवेदनमा उल्लेख भए अनुसार सबैभन्दा बढी बुढीगंगा नगरपालिकामा आर्थिक अनियमिता भएको पाईएको हो । 

नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा ३ करोड ३८ लाख ५७ हजार ७ सय ६४ रुपैयाँ अनियमित गरेको छ ।  नियम विपरीत करार कर्मचारी नियुक्त गरी तलव भत्ता भुक्तानी, लगायत विभिन्न शीर्षकमा नगरपालिकाले नियम विपरित अनियमितता गरेको पाइएको हो । 

त्यस्तै, बुढीनन्दा नगरपालिकामा १ करोड ८७ लाख २० हजार ३ सय ३६ रुपैयाँ अनियमित भएको छ । त्रिवेणी नगरपालिकामा १ करोड ८५ लाख ९५ हजार १ सय ३३ रुपैयाँ, बडीमालिका नगरपालिकामा १ करोड ८२ लाख ३६ हजार ६ सय ४ रुपैयाँ, जगन्नाथ गाउँपालिकामा १ करोड १७ लाख ७६ हजार ५ सय १०, स्वामीकार्तिक खापर गाउँपालिकामा १ करोड ८ लाख ३३ हजार २ सय ७, हिमाली गाउँपालिकामा ७४ लाख ५९ हजार ९ सय ५२ रुपैयाँ, खप्तड छेडेदह गाउँपालिकामा ७२ लाख ९५ हजार ७ सय ७ रुपैयाँ र गौमुल गाउँपालिकामा ३३ लाख ७६ हजार ८ सय ९३ रुपैयाँ अनियमित भएको तथ्यांकमा उल्लेख छ । 

बाजुराका ९ वटै स्थानीय तहले ठूलो रकम अनियमितता गरेको पाइदा यतिवेला सामाजिक सञ्जलमा सबै स्थानीयहरुको टिकाटिप्पणी भइरहेको छ ।

नियम विपरीत दरबन्दी बाहेकका कर्मचारीहरु नियुक्त गरी ७ करोड २४ लाख ३९ हजार ३ सय ४३ रुपैयाँ तलव भत्तामै खर्च गरेको पाइएको हो । सबै स्थानीय तहहरुलाई यतिवेला भष्ट्रहरुको संज्ञा दिएको छ ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...