देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

33
Share
Featured
  • नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ, त्रिभुवन, कालीगण्डकी करिडोर र धरान–धनकुटा सडकमा कुनै अवरोध छैन।
  • काठमाडौं–फर्पिङ–हेटौंडा, खुलेखानी–सिस्नेरी–काठमाडौं, कान्ति लोकपथ, अरनिको र मेची करिडोरका केही भागमा पहिरो, नदी कटान र पुल बगाउँदा आवागमन प्रभावित।
  • मध्यपहाडी र मेची राजमार्गमा उपकरण परिचालन भइसकेको, कतिपय खण्डमा एकतर्फी सवारी सञ्चालन र पुनर्निर्माणका लागि केही दिन लाग्ने अनुमान।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ ।सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।

तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पहिरो र नदी कटानका कारण यातायात अवरुद्ध भएको छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा भने एकतर्फी आवागमन खुला गरिएको जानरी दिएको छ ।

अरनिको राजमार्गमा एकतर्फी आवागमन भइरहेको छ भने कान्ति लोकपथको घट्टे पाखामा पुनः पहिरो खसेर बाटो अबरुद्ध भएको विभागले जनाएको छ । मेची करिडोरमा माईखोला र पुवाखोला पुल बगाएको र थादे खोलाको बक्स कल्भर्ट क्षेत्रमा डुबान भएर यातायात सञ्चालन कठिन भएको छ ।

हुलाकी सडकको वीरगञ्ज क्षेत्रमा क्षति नभए पनि कमला क्षेत्रमा बाढी सतह उच्च छ भने कन्काई पुल नजिकै सडक बगाएको र लोहन्द्रा पुलमा भराइको जोखिम बढेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत मेचीनगर नगरपालिका–१ मा काली खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ । सम्बन्धित निकायले करिब बेलुकी ५ बजेसम्म वैकल्पिक व्यवस्था पूरा गर्ने जनाइएको छ । 

मध्यपहाडी राजमार्गको रामेछाप–सिन्धुली खण्डमा उपकरण परिचालन भइसकेको छ । खुरकोट–घुर्मी र जयाराम–हलेसी खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने बाँकी खण्डमा मर्मत कार्य जारी छ ।

त्यस्तै, मेची राजमार्गमा जोरकलशदेखि माइखोला रक्सेसम्म विभिन्न स्थानमा सडक बगाउँदा अवरोध भएको छ । कतिपय स्थानमा पुनर्निर्माणका लागि तीनचार दिन लाग्ने अनुमान गरिएको छ ।

यो समाचारमा

काठमाडौँमेचीनगर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...