नेपालमा जनधनको क्षतिपछि मोदीले भने: आवश्यक सहयोगका लागि तयार छौं

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

14
Share
Featured

काठमाडौँ ।

नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सँधै सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री मोदीले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत एक सन्देश दिँदै भनेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति अत्यन्तै दुःखद छ । यस कठिन घडीमा हामी नेपाल सरकार र नेपाली जनताको साथमा छौं । मित्र राष्ट्र र पहिलो प्रत्युत्तरदाताको हैसियतले भारत आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध छ ।’

नेपालका विभिन्न भागहरूमा जारी भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् निम्त्याउँदै मानवीय तथा भौतिक क्षति पु¥याएको छ । उद्धार र राहतकार्य जारी रहेको अवस्थामा भारतले पुनः एक पटक छिमेकीको हैसियतले सहयोगको प्रस्ताव अघि सारेको हो ।

यसअघि पनि भारतले नेपालमा विभिन्न विपद्को बेला उद्धार, राहत तथा पुनर्निर्माणमा सक्रिय भूमिका खेल्दै आएको छ ।


यो समाचारमा

नेपालकाठमाडौँनरेन्द्र  मोदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...