कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

12
Share
Featured
  • आइतबार बिहान ११ बजेसम्म देशभरका विभिन्न राजमार्ग र सडक खण्डहरूमा कतै आवागमन सहज र कतै अवरोध कायम रहेको सडक विभागले जनाएको छ।
  • नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा छ, नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा अवरोध छैन, मुग्लिङ–नारायणघाट सडक तुइन खोलामा दुईतर्फी खुलेको छ तर नाम्सी खोलामा नयाँ पुलमा ढुङ्गा खसेर अवरोध भएको छ।
  • सिद्धार्थ राजमार्गमा कुनै समस्या छैन भने काठमाडौं–फर्पिङ–भैसे–हेटौंडा मार्ग टेक्कर र सिस्नेरी क्षेत्रमा पहिरो र सडक कटानका कारण बन्द छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आइतबार बिहान ११ बजेसम्मको अवस्थाअनुसार देशभरका विभिन्न राजमार्ग र सडक खण्डमा कतै आवागमन सहज त कतै अवरोध कायम रहेको छ ।

नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको छ भने नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा कुनै अवरोध नभएको सड्क विभागले जनाएको छ । विभागका अनुसार मुग्लिङ–नारायणघाट सडकमा तुइन खोला खण्ड दुईतर्फी सञ्चालनमा छ तर नाम्सी खोलामा नयाँ पुलमा ढुंगाखस्दा अवरोध भएको छ भने पूरानो पुलबाट सवारी सञ्चालन भइरहेको छ ।

विभागले सिद्धार्थ राजमार्गमा कुनै अवरोध नभएको जनाएको छ । काठमाडौं–फर्पिङ–भैसे–हेटौंडा मार्गमा टेक्करमा पहिरो र सिस्नेरी बजारमा नदीले सडक कटान गरेकाले आवागमन बन्द छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा पहिरो हटाइए पनि भिजेको सडकमा क्षति हुने जोखिम भएकाले यातायात बन्द गरिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...