बडादशैँको टीका आज पनि लगाइँदै

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

26
Share
Featured
  • आश्विन शुक्ल द्वादशीका दिन शनिबार पनि बडादशैंको टीका लगाउने परम्परा निरन्तर जारी छ, जसको तिथि आइतबार दिउँसो १२:५६ बजेसम्म रहनेछ।
  • विजयादशमीका दिन मान्यजनको हातबाट टीका र प्रसाद ग्रहण गरी आफन्त, मावली र ससुरालीमा टीका लगाउन जाने परम्परा पूर्णिमासम्म रहने गर्दछ।
  • लगातारको भारी वर्षा, बाढी र पहिरोका कारण बाटो अवरुद्ध हुँदा लामो दूरीका यातायात बन्द भएका छन्, जसले धेरैलाई टीका लगाउन जान वा फर्किन कठिनाइ भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैँको टीका लगाउने क्रम शनिबार पनि जारी छ। आइतबार १७ घडी १२ पला अर्थात् दिउँसो १२ बजेर ५६ मिनेटसम्म द्वादशी तिथि छ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।

तर भारी वर्षा र अति भारी वर्षाका कारण बडादशैँको टिका प्रभावित भएको छ। वर्षासँगै बाढीपहिरोले ठाउँठाउँमा बाटो अवरुद्ध भएपछि सरकारले लामो दूरीका यातायात बन्द गरेका कारण टिका लगाउन जान पाएनन् भने टीका लगाउन गएकाहरू त्यतै रोकिएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...