७५ जिल्लामा ५ हजार नाघे डेंगु संक्रमित, दशैंमा झन् जोखिम

Author

सजिलो पत्रिका

२०८२ असोज १४, मङ्गलबार

17
Share
Featured

काठमाडौँ । यस वर्ष डेंगु संक्रमितको संख्या ५ हजार नाघेको छ ।

गत पुसको मध्यदेखि हालसम्म ५ हजार १ सय ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको हो । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामा मात्रै २ सय ९४ नयाँ संक्रमित थपिएका छन् । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ हजार ३ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बागमती प्रदेशमा १ हजार १ सय ९१, लुम्बिनी प्रदेशमा ९ सय ११, कोशी प्रदेशमा ७ सय ३७, सुदूरपश्चिम प्रदेशमा ६ सय २२, कर्णाली प्रदेशमा २ सय ९६ र मधेश प्रदेशमा १ सय १२ जनमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएका भन्दा धेरै हुन सक्ने बताएका छन् ।

ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको जनाएको हो ।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशबागमती प्रदेशकाठमाडौँमधेश प्रदेश
कर्णाली प्रदेश6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...