नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम गर्‍यो स्थगित

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार

11
Share
Featured
  • नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा हुने परम्परागत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
  • पार्टीले भदौ २३–२४ को आन्दोलनमा ७२ जनाभन्दा बढीको मृत्यु, सरकारी–निजी संरचनामा आक्रमण र नेतामाथि भएको आक्रमणलाई कारण बताएको छ।
  • २०३३ सालदेखि निरन्तर हुँदै आएको यो कार्यक्रम यस वर्ष शोकका कारण रोकिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाली काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नगर्ने भएको छ। भदौ २३ र २४ गतेको घटनाक्रमले मुलुकलाई गहिरो शोकमा डुबाएको भन्दै कांग्रेसले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, पार्टीका ऐतिहासिक भवनहरू, व्यावसायिक प्रतिष्ठानहरूमा आक्रमण, लुटपाट र आगजनी भएको जनाएको छ। साथै, पार्टी सभापति शेर बहादुर देउबा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित नेतामाथि समेत सांघातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।

वि.सं. २०३३ सालमा निर्वासनबाट फर्किएका जननायक बिश्वेश्वर प्रसाद कोइरालाले ल्याएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीतिपश्चात् नेपाली कांग्रेसले निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको थियो। तर, यस वर्षको दुखद घटनाका कारण पार्टीले यो परम्परालाई स्थगित गर्ने निर्णय गरेको हो।

यो समाचारमा

बिश्वेश्वर प्रसाद कोइरालासर्वोच्च अदालतकाठमाडौँशेर बहादुर देउबा
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लेदोसहितको बाढी आएपछि रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

    रसुवा । खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ ।रसुवागढी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत

    Data is loading...

    Loading brands...

    Loading footer...