समुदायबीच विवाद बढेपछि जोगबनी बजार तनावग्रस्त, नेपाल–भारत सीमा बन्द

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

48
Share
Featured

 इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी तनावग्रस्त बनेको हो ।

समाचार सारांशGenerated using AI.

विराटनगर । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी तनावग्रस्त बनेको हो ।

दसैँको किनमेलका लागि नेपालबाट ठूलो संख्यामा उपभोक्ता जोगबनी पुग्ने गरे पनि अहिले नेपाली पक्षबाट सीमा नाका बन्द गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालतर्फको सीमा अस्थायीरूपमा बन्द गरिएको जानकारी दिए ।


अहिले जोगबनीमा नाराबाजी जारी छ भने ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ ।सीमामा पुगेका धेरै नेपाली उपभोक्ता फर्किएका छन् ।


 

यो समाचारमा

नेपालभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...