हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

19
Share
Featured
  • कञ्चनपुरका विपिन जोशीलाई हमासको बन्दी अवस्थाबाट मुक्त गर्न आमा पदमा जोशी र बहिनी पुष्पा जोशी अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले बुधबार अमेरिका गएका छन्।
  • उनीहरू संयुक्त राष्ट्रसङ्घसम्म पुग्ने गरी इजरायल सरकारको सहयोगमा अमेरिका प्रस्थान गरेका हुन्, जहाँ विपिनको सकुशल रिहाइका लागि आवाज उठाउने योजना छ।
  • विपिनका बुबाले कतारलगायतका देशसँग पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्, जबकि विपिन दुई वर्षदेखि हमासको कब्जामा रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुर जिल्लाका बिपिन जोशीको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

बहिनी पुष्पा जोशीका अनुसार, दाइ विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन उनीहरू अमेरिका गएका हुन्। "यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ," उनले भनिन्, "दाइको रिहाइको विषय अन्तरराष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु।"

विपिनको रिहाइका लागि इजरायल सरकारले यसअघि पनि आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो। यसपटक पनि इजरायलले नै उनीहरूलाई संयुक्त राष्ट्रसङ्घसम्म पुर्‍याउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ।

गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो। विपिनको परिवारले इजरायलले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का व्यक्त गरेको छ।

विपिनका बुबा महानन्द जोशीले सरकारलाई कतारलगायतका देशसँग पहल गरिदिए छोराको रिहाइ सम्भव हुने विश्वास व्यक्त गरेका छन्। "सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ," उनले भने, "विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्ष बित्यो। अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस्।"

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमासले बन्धक बनाएको थियो।

यो समाचारमा

इजरायलबिपिन जोशीकञ्चनपुर जिल्लाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...