आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

Author

सजिलो पत्रिका

२०८२ असोज ०७, मङ्गलबार

12
Share
Featured
  • नवरात्रको दोस्रो दिन: आज ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ।
  • घटस्थापनापछि दोस्रो दिन नौ दुर्गामध्येकी ब्रह्मचारिणीको पूजा, दुर्गा सप्तशती र देवीभागवतको पाठ हुने प्रचलन।
  • देवीको पूजा आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता, शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हिन्दुहरूको महान् पर्व दसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो स्वरूप ब्रह्मचारिणीको पूजा गर्ने गरिन्छ।

नवरात्रको पहिलो दिन सोमबार विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। आज भने त्यसै स्थानमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा गरिँदै छ।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत जस्ता धार्मिक ग्रन्थहरूको पाठ गर्ने गरिन्छ। यस अवधिमा देवीको पूजा गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। ब्रह्मचारिणी देवीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउने शक्तिका रूपमा लिइन्छ।

नवरात्र सुरु भएसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको छ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...