मुग्लिन–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु अलपत्र

Author

सजिलो पत्रिका

२०८२ असोज ०५, आइतबार

31
Share
Featured
  • मुग्लिन–नारायणगढ सडकखण्डमा तुईन खोलामा पुल निर्माणस्थल नजिकै खसेको लगातार पहिरोका कारण शुक्रबारदेखि सडक अवरुद्ध छ।
  • सयौं सवारी साधन रोकिनुका साथै यात्रुहरू दुई रातदेखि सडकमै भोकै र कष्टकर अवस्थामै अलपत्र परेका छन्।
  •  सडक डिभिजनले यात्रुहरूलाई नौबिसे–दामन–हेटौंडा वा मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट मार्ग प्रयोग गर्न आग्रह गरेको छ; सडक खुल्न अझै समय लाग्ने अनुमान।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शुक्रबार बेलुकीदेखि अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै खुल्न सकेको छैन। मुग्लिन नजिकै तुईन खोलामा फराकिलो पुल निर्माणका क्रममा पहाड काटिएको ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। शुक्रबार खसेको पहिरो पन्छाउन नभ्याउँदै शनिबार बिहान फेरि अर्को ठूलो पहिरो खसेपछि सडक खुलाउने कार्य थप जटिल बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। लगातारको पहिरोले गर्दा सडक खुलाउन नसकिएको र यसले यात्रुहरूलाई थप सास्ती भएको छ।

दुई रातदेखि सडकमै यात्रु

सडक अवरुद्ध भएपछि शुक्रबार बेलुकीदेखि नै सयौं सवारी साधन र त्यसमा सवार यात्रुहरू सडकमै रोकिएका छन्। गन्तव्यमा हिँडेका यात्रुहरू दुई रातसम्म सडकमै अलपत्र परेका छन्। कतिपय यात्रु गाडीमै सुत्न बाध्य छन् भने कतिपय सडकमै रात बिताइरहेका छन्। धेरै यात्रु भोकै बस्न बाध्य भएको बताइएको छ।

आज बिहान उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास सुरु भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ। तर, पहिरोको आकार ठूलो भएकाले सडक खुल्न अझै केही समय लाग्ने अनुमान गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले यात्रुहरूलाई सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ। कार्यालयका अनुसार मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ।

यो समाचारमा

काठमाडौँहेटौंडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...