रास्वपा नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

Author

सजिलो पत्रिका

२०८२ भदौ २९, आइतबार

19
Share
Featured
  • सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै "I QUIT" भनेर आफ्नो निर्णय सार्वजनिक गरेकी छन्।
  • उनले पार्टीले गल्ती स्वीकार नगरेको, आलोचना गर्नेप्रति मिडिया ट्रायल गरेको र नेतालाई देशभन्दा माथि राखेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
  • श्रेष्ठले तत्काल कुनै पार्टी वा सरकारमा सहभागी नहुने, तर बाहिरैबाट सरकारलाई सघाउने बताएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन्। उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको जानकारी गराएकी हुन्।

लामो समयदेखि रास्वपाभित्र असन्तुष्ट रहेकी श्रेष्ठले पार्टीले गल्ती स्वीकार नगरेको, आलोचना गर्नेमाथि मिडिया ट्रायल गरेको र देश भन्दा माथि पार्टी तथा पार्टीभन्दा माथि नेतालाई राखेको भन्दै आक्रोश व्यक्त गरेकी छिन्। उनले आफ्नो आलोचनाले कुनै फरक नपरेको र उल्टै मिडिया ट्रायल भएकोले यो स्वीकार्य नभएको बताएकी छिन्।

श्रेष्ठले 'I QUIT. मैले पार्टी छोडेँ' भन्दै आफ्नो निर्णय सार्वजनिक गरेकी हुन्। निकट स्रोतका अनुसार, सुमना श्रेष्ठले तत्काल कुनै अर्को पार्टी ज्वाइन गर्ने वा अहिलेको नयाँ सरकारमा मन्त्री बन्ने तयारी नरहेको बताएकी छिन्। उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो, तर उनले आफू अहिले मन्त्री नबन्ने र बाहिरैबाट सरकारलाई सघाउने बताएकी छिन्।

सुमना श्रेष्ठले केही महिनाअघि रास्वपाको सहमहामन्त्री पद पनि त्याग गरेकी थिइन्। उनी निवर्तमान सांसद हुन्।


यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीसुमना श्रेष्ठकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...