एमाले विधान महाधिवेशनमा समूहगत छलफल सुरु

Author

सजिलो पत्रिका

२०८२ भदौ २१, शनिबार

17
Share
Featured
  • एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनहरू माथि आजदेखि समूहगत छलफल सुरु भएको छ।
  • प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रतिवेदनबारे छलफल भइरहेको छ।
  • "निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य" नारासहितको महाधिवेशनमा २,३४१ जना सहभागी भएका छन्, जुन आइतबारसम्म चल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा आजबाट समूहगत छलफल सुरु भएको छ। ललितपुर गोदावरीस्थित सनराइज हलमा जारी महाधिवेशनको दोस्रो दिन प्रस्तुत भएका प्रतिवेदनहरूमाथि छलफल थालिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए।

आज केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ-आफ्ना निकायका प्रतिवेदन प्रस्तुत गरेपछि समूहगत छलफल सुरु भएको हो।

प्रतिनिधिहरूलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको छ। "निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य" मूल नारासहित हिजोदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २ हजार ३४१ जनाको सहभागिता रहेको छ। महाधिवेशन भोलि आइतबारसम्म सञ्चालन हुनेछ।

यो समाचारमा

विष्णुप्रसाद पौडेलकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली
ललितपुर5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य

    Data is loading...

    Loading brands...

    Loading footer...