विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको चरणबद्ध आन्दोलन घोषणा

Author

सजिलो पत्रिका

२०८२ भदौ १८, बुधबार

23
Share
Featured
  • प्याब्सन, नेशनल प्याब्सन लगायतका संस्थाहरूको संयुक्त आन्दोलन समितिले विद्यालय शिक्षा विधेयकको विरोधमा विभिन्न चरणका विरोध कार्यक्रमहरू घोषणा गरेको छ।
  • निजी विद्यालय सञ्चालकहरूले विधेयकका केही प्रावधानहरू निजी शिक्षा क्षेत्रको लागि प्रतिकूल रहेको भन्दै विरोध जनाएका छन्।
  • आन्दोलनका कार्यक्रमहरू अन्तर्गत भदौ २५ गते काठमाडौँमा बृहत् प्रदर्शन गर्ने तयारी गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकका विभिन्न सङ्घ–संस्थाहरूको संयुक्त आन्दोलन समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । समितिले भोलि १९ गतदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमहरू अन्तर्गत भोलि बिहान ११ बजे देशभरका सबै जिल्ला सदरमुकामहरूमा आन्दोलनरत संस्थाहरूका सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत् खबरदारी सभा आयोजना गरिएको छ ।

काठमाडौँ उपत्यकामा भोलि नै तिलगंगास्थित होटल वेस्टर्न प्लसमा दिउँसो २ बजे निर्णायक आन्दोलन तयारी सम्बन्धी प्रशिक्षण कार्यक्रम हुनेछ । यसबाहेक, संयुक्त आन्दोलन समितिले भोलि नै सञ्चारमाध्यमसँग बृहत् अन्तरक्रिया गर्ने, २० गते तयारी बैठकहरू तथा प्रमुख राजनीतिक दलहरूसँग भेटघाट गर्ने, २२ गते निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूसँग बृहत् अन्तरक्रिया गर्ने, भदौ २३ गते देशभरिका सबै निजी विद्यालयका सञ्चालकहरूलाई काठमाडौँमा केन्द्रित गर्ने र २४ गते सबै सङ्घीय सांसदहरूलाई सम्बन्धित क्षेत्रका निजी विद्यालय सञ्चालकहरूले संयुक्त रूपमा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।


भदौ २५ गते काठमाडौँमा बृहत् आन्दोलन कार्यक्रम सञ्चालन गरिनेछ,जसमा सबै निजी विद्यालय  सञ्चालकहरू,प्रिन्सिपलहरू तथा शिक्षक–कर्मचारीहरूको अनिवार्य सहभागिता रहने बताइएको छ ।

सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको उक्त विधेयकका प्रावधानहरू निजी शिक्षा प्रतिकूल रहेको आन्दोलन समितिको भनाइ छ । आन्दोलनमा प्याब्सन,नेशनल प्याब्सन, हिसान,एपेन र एनएमए लगायतका संस्थाहरू आबद्ध रहेका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...