गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका फिनल्याण्डका ३० वर्षीय सांसदद्वारा आत्महत्या

Author

सजिलो पत्रिका

२०८२ भदौ ०४, बुधबार

28
Share
Featured
  • फिनल्याण्डका ३० वर्षीय सांसद इमेली पेल्टोननले आत्महत्या गरेका छन्। 
  • पेल्टोनन एक उदीयमान राजनीतिज्ञ थिए, सन् २०२३ मा सांसद निर्वाचित भएका थिए र विभिन्न समितिमा सक्रिय थिए।
  • पेल्टोननको निधनले फिनल्याण्डको राजनीतिक वृत्तमा गहिरो शोक छाएको छ। 
समाचार सारांशGenerated using AI.

काठमाडौँ

फिनल्यान्डको संसदका एक युवा सदस्यले आत्महत्या गरेका छन्। सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का ३० वर्षीय सांसद इमेली पेल्टोननले आफ्नो ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू लामो समयदेखि मिर्गौला रोगसँग संघर्ष गरिरहेको र पछि अर्को गम्भीर रोगसमेत थपिएपछि संसदीय कामबाट बिदा लिनुपरेको खुलासा गरेका थिए।

सन् २०२३ को निर्वाचनमा ५ हजार ७४७ मत ल्याएर विजयी भएका पेल्टोनन एक उदीयमान राजनीतिज्ञका रूपमा चिनिन्थे। उनी संसदका विभिन्न समितिहरूमा सक्रिय हुनुका साथै जार्भेनपा सिटी काउन्सिलका सदस्य र सबैभन्दा कम उमेरका बोर्ड अध्यक्षसमेत थिए।

उनको निधनमा राजनीतिक वृत्तमा गहिरो शोक छाएको छ। एसडीपीकी नेतृ टायटी टुपुरैनेनले भनिन्, “इमेलीको निधनले हामीलाई अत्यन्तै दुःखी बनाएको छ। उनी सबैलाई मन पर्ने नेता थिए। यति कम उमेरमा उनको निधन हुनु निकै पीडादायी छ।”

त्यसैगरी, पूर्व रक्षामन्त्री एन्टी क्याक्कोनेनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “इमेली एक होनहार सांसद तथा असाधारण रूपमा असल र दयालु व्यक्तित्वका धनी थिए।”

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा घटनामा कुनै पनि आपराधिक गतिविधि नदेखिएको प्रहरीले जनाएको छ।

यो समाचारमा

फिनल्यान्डकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...