बासी रोटी’ विवाद

सिन्धुपाल्चोकमा डीएसपीमाथि कार्यालय सहयोगी कुटेको आरोप, ’अनुशासनहीन कार्य’ भन्दै बर्खास्त !

Author

सजिलो पत्रिका

२०८२ साउन २९, बिहिबार २०:५२

134
Share
Featured

सञ्चारकर्मीले बोल्न जोड दिएपछि उनले प्रहरी नियमावलीअनुसार नै कार्कीलाई बर्खास्त गरिएको संक्षिप्त प्रतिक्रिया दिए । 

डीएसपी खरेलले  कार्कीको आरोपको खण्डन गर्दै अनुशासनहीन व्यवहारका कारण कारबाही गरिएको बताएका छन्। 

समाचार सारांशGenerated using AI.

काठमाडौँ। सिन्धुपाल्चोकस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले आफ्नै क्वाटरमा काम गर्ने कार्यालय सहयोगी शंकर कार्कीलाई कुटपिट गरी जागिरबाट बर्खास्त गरेको घटना सार्वजनिक भएको छ। पीडित कार्कीले न्यायका लागि मिडिया र मानव अधिकारकर्मी गुहारेपछि यो विषय बाहिर आएको हो।

पीडित शंकर कार्कीका अनुसार साउन २२ गते दिउँसो करिब २ बजे डीएसपी खरेल क्वार्टरमा खाना खान पुगेका थिए । त्यसअघि, उनले तीनजना प्रहरी निरीक्षकलाई खाना खुवाइसकेका थिए । डीएसपीका लागि भने सधैंझैं लसुन–प्याज नहालेको सात्विक भोजन, रोटी–तरकारी छुट्टै भाँडामा बनाइएको थियो । तर, त्यस दिन डीएसपी खरेलले ‘मलाई बिहान ४ बजे बनाइएको बासी रोटी खान दिन्छस्रु’ भन्दै एक्कासि अपशब्द प्रयोग गर्दै कार्कीलाई दुई झापड हानेका थिए । कार्कीका अनुसार, तेस्रो मुक्का रोक्ने प्रयासमा प्रयोग गरिएको ट्रे फुटेर डीएसपीको काँधमा चोट लागेपछि खरेल थप आक्रोशमा आए र उनलाई पशुजस्तै कुटपिट गरे।

शंकर कार्कीले बर्खास्ती निर्णयविरुद्ध पुनरावेदनमा जाने तयारी गरिरहेका छन् । उनका अनुसार प्रहरी नियमावलीमा उल्लेखित अनुशासन उल्लंघनसम्बन्धी कारबाहीहरू—जस्तो कि तलब वृद्धिमा रोक, बढुवा रोक्का, सरुवाजस्ता सजायहरू सम्भव हुँदा–हुँदै एकपक्षीय ढंगले बर्खास्त गरिएको छ। परिवार र आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन् । 

 पत्रकारहरूले घटना पुष्टि  डीएसपी खरेलले सुरुमा ‘यो विभागीय विषय हो, म बोल्न मिल्दैन’ भन्दै पन्छिन खोजेका थिए।  सञ्चारकर्मीले बोल्न जोड दिएपछि उनले प्रहरी नियमावलीअनुसार नै कार्कीलाई बर्खास्त गरिएको संक्षिप्त प्रतिक्रिया दिए ।  डीएसपी खरेलले  कार्कीको आरोपको खण्डन गर्दै अनुशासनहीन व्यवहारका कारण कारबाही गरिएको बताएका छन्। 

केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले भने मुख्यालयलाई यसबारे जानकारी नभएको बताएका छन् । जिल्ला स्तरमै कारबाही भएको र रिपोर्ट नपठाइएको जनाउँदै उनले जवाफ दिन जिल्ला प्रहरी कार्यालयकै जिम्मा भएको बताएका थिए ।

पीडित पक्षले घटनाको सत्यता पुष्टि गर्नका लागि क्वार्टर आसपासको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । यदि, डिएसपी सही छन् भने

पीडित कार्कीले भने घटनाको सत्यतथ्य पत्ता लगाउन सीसीटीभी फुटेज जाँचको माग गरेका छन्। यद्यपि, प्रहरीले कार्कीको गतिविधिले संगठनको ’चेन अफ कमाण्ड’ मा असर पुगेको भन्दै उनलाई बर्खास्त गरिएको जनाएको छ। कार्कीले आमाको मासिक श्राद्धमा समेत घर जान नपाएको र अचानक सेवाबाटै बर्खास्त गरिएकोमा आफूमाथि अन्याय भएको भन्दै कानुनी उपचारमा जाने बताएका छन्।

यो घटनापछि सामाजिक सञ्जालमा डीएसपी खरेलको आलोचना भइरहेको छ। धेरैले एक सामान्य कार्यालय सहयोगीले डीएसपीमाथि जाइलाग्ने साहस गर्छ भन्ने कुरामा शंका व्यक्त गरेका छन्। यद्यपि, डीएसपी खरेलले पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने बताएका छन्।

यो घटनाको निष्पक्ष छानबिन होस् र सत्यले न्याय पाओस् भन्ने आम अपेक्षा छ।

यो समाचारमा

सिन्धुपाल्चोककाठमाडौँ

ट्यागहरू

#सिन्धुपाल्चोक जिल्ला प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महानिरीक्षकको आँसु कमजोरी होइन, संगठनप्रतिको लगाव

    काठमाडौँ । ‘सत्य, सेवा, सुरक्षणम्’—योनेपाल प्रहरीको मूल मन्त्र हो। यसले प्रहरी संगठनको आधारभूत सिद्धान्त र कर्तव्यलाई स्पष्ट पार्छ। निष्पक्ष अनुसन्धान, सत्यको अन्वेषण, नागरिकको जीउ-धनको रक्षा, निस्वार्थ सेवा र समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा कायम राख्नु नै यसको मर्म हो। यही आदर्शलाई आत्मसात् गर्न नेपाल प्रहरी अहोरात्र कार्यक्षेत्रमा खटिएको हुन्छ।यो मन्त्रले

    sajilo patrika

    फागुन २१ मै चुनाव हुनेमा फेरि उठ्यो 'शंका'

    त्यो असफलताले नै मलाई गहिरो साधनातिर फर्कायो

    आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने

    टोम क्रुजका नयाँ फिल्महरू: ब्रोडस्वर्डदेखि अन्तरिक्षसम्म

    भर्खरै

    News Image

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    News Image

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    News Image

    राष्ट्रपति पौडेल र युएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता

    News Image

    नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू