वर्षौंदेखि चिकित्सकविहीन वीरगञ्ज कारागार, १३ सय कैदीबन्दी एक स्वास्थ्यकर्मीको भरमा

Author

सजिलो पत्रिका

२०८२ साउन २९, बिहिबार

34
Share
Featured
  • चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि पद खाली रहँदा सिंगो कारागारमा एक जना हेल्थ असिस्टेन्टको भरमा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ।
  • व्यायामका क्रममा स्वास्थ्य बिग्रिएपछि एक कैदीको मृत्यु भएपछि नियमित स्वास्थ्य परीक्षणको अभाव र चिकित्सकको रिक्त दरबन्दीबारे गम्भीर समस्या सतहमा आएको हो।
  • ५०० जनाभन्दा बढी कैदी भएको कारागारमा शय्यासहितको अस्पताल अनिवार्य हुने कानुनी व्यवस्था भए पनि वीरगञ्ज कारागारमा यो पूर्ण रूपमा उल्लङ्घन भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

को वीरगञ्जस्थित जिल्ला कारागारमा १३ सयभन्दा बढी कैदीबन्दीको स्वास्थ्य सेवा एक जना स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट) को भरमा चलेको छ। कारागारमा चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि पद रिक्त रहँदा यस्तो गम्भीर अवस्था सिर्जना भएको हो। हालै एक कैदीको मृत्यु भएपछि कारागारको यो संवेदनशील स्वास्थ्य समस्या बाहिर आएको छ।

गत मंगलबार कारागारमा रहेका वीरगञ्ज महानगरपालिका-२५ का राहुल साह तुरहाको व्यायाम गर्ने क्रममा स्वास्थ्यमा जटिलता देखिएपछि नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। यही घटनाले कारागारमा नियमित स्वास्थ्य परीक्षणको अभाव र दरबन्दीअनुसार चिकित्सक नभएको विषयलाई सतहमा ल्याएको हो।

कारागारमा सातौँ वा आठौँ तहको एक जना मेडिकल अधिकृतको दरबन्दी छ, तर हाल एक जना हेल्थ असिस्टेन्टले मात्रै सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन्। जिल्ला कारागार प्रमुख खिमराज भुसालले दरबन्दीअनुसारको मेडिकल अधिकृतको व्यवस्था गर्न कारागार व्यवस्थापन विभागलाई पत्राचार गरिएको बताए।

हाल वीरगञ्ज कारागारमा स्वदेशी तथा विदेशी गरी कुल एक हजार ३१० जना थुनुवा र कैदी छन्। जसमा ५ जना महिला कैदी, ४२ जना महिला थुनुवा, दुई जना आश्रित बालिका र १९९ जना विदेशी नागरिक रहेका छन्।

कारागार ऐन, २०७९ अनुसार ५०० जनाभन्दा बढी बन्दी रहने कारागारमा तोकिएको शय्यासहितको अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा स्वास्थ्य चौकीको व्यवस्था हुनुपर्ने प्रावधान छ। तर, १३ सयभन्दा बढी कैदीबन्दी रहेको वीरगञ्ज कारागारमा ऐनको यो व्यवस्था पूर्ण रूपमा उल्लङ्घन भएको छ। दरबन्दीअनुसारको चिकित्सकको अभावमा कारागारभित्र कुनै पनि बेला स्वास्थ्य आपत्काल आउन सक्ने जोखिम बढेको छ।

यो समाचारमा

वीरगञ्ज महानगरपालिकाकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...