बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्रबहादुर बानियाँ नियुक्त हुँदै, आजै शपथ

Author

सजिलो पत्रिका

२०८२ साउन २०, मङ्गलबार

35
Share
Featured
  • नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन्।
  • कांग्रेस (३७) र एमाले (२७) सांसद गरी कुल ६४ जना सांसदको समर्थनसहित उनले मुख्यमन्त्री पदको दाबी पेश गरेका थिए।
  • आज (मंगलबार) दिउँसो ४ बजे मुख्यमन्त्री बानियाँको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुने भएका छन्। उनले आज (मंगलबार) दिउँसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो २ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। सोही समयसीमाभित्र बानियाँले सत्ता साझेदार दल नेकपा एमालेको समर्थनसहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी कुल ६४ जना सांसदको समर्थनसहित सोमबार नै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन्। ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ, जुन बानियाँले पेश गरेको दाबीमा स्पष्ट बहुमत देखिन्छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार, प्रदेश प्रमुख देवकोटाले दिउँसो २ बजेपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्। त्यसलगत्तै दिउँसो ४ बजेका लागि नवनियुक्त मुख्यमन्त्री बानियाँको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

यो समाचारमा

बागमती प्रदेशबहादुर सिंह लामाकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...