पर्यटनमा नयाँ आयाम: नेपाल भित्रियो अन्तर्राष्ट्रिय स्तरको ‘डोम हाउस’, सरकारले कानुन बदल्ने

Author

सजिलो पत्रिका

२०८२ साउन १६, शुक्रबार

28
Share
Featured
  • नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको २५ वटा ‘डोम हाउस’ काठमाडौंको स्काई टावरमा सार्वजनिक गरिएको छ, जसले पर्यटन, वातावरण र जीवनशैलीमा नवीनता ल्याउने लक्ष्य राखेको छ।
  • संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको प्रयासको प्रशंसा गर्दै सरकारद्वारा नवप्रवर्तनलाई प्रोत्साहन र कानुनी सुधार गर्ने प्रतिबद्धता जनाए।
  • डोम हाउस एक बलियो, पारदर्शी र वातावरणमैत्री संरचना हो, जसलाई रिसोर्टदेखि कार्यालयसम्म विभिन्न प्रयोजनका लागि उपयोग गर्न सकिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनता ल्याउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय स्तरको ‘डोम हाउस’ भित्र्याइएको छ। ‘नेपाल आइडिया फर वल्र्ड’ले काठमाडौंको स्काई टावरमा आयोजित एक विशेष समारोहमाझ २५ वटा डोम हाउसको औपचारिक शुभारम्भ गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निजी क्षेत्रको यो नवीनतम प्रयासको प्रशंसा गर्दै सरकारले यस्ता पहललाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुन सक्छ। निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्छ र व्यवसायलाई बाधा पुर्‍याउने झन्झटिला कानुन संशोधन गरिनेछ।”

‘नेपाल आइडिया फर वल्र्ड’का निर्देशक सन्तोष सुवेदीले यो परियोजना “प्रभावका लागि नवप्रवर्तन, प्रगतिको लागि साझेदारी” भन्ने नाराका साथ अघि बढेको बताए। उनका अनुसार, यसले नेपालमा हरित प्रविधि, पर्यावरणमैत्री पूर्वाधार र स्वदेशी डिजाइनमा आधारित निर्माणलाई बढावा दिनेछ।

त्यस्तै, संस्थाकी प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले यो शुभारम्भ केवल व्यावसायिक उपलब्धि मात्र नभएर नेपालले नवप्रवर्तन र दिगो जीवनशैलीतर्फ फड्को मारेको संकेत भएको बताइन्।

कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक, पर्यटकीय क्षेत्रका अगुवाहरू, कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।

के हो डोम हाउस?

डोम हाउस एक अत्याधुनिक, पारदर्शी र मोड्युलर संरचना हो, जसलाई पर्यटन, स्वास्थ्य तथा वातावरणमैत्री जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हुन्छ। यसको गोलाकार र बलियो संरचनाले यसलाई बहुउपयोगी बनाएको छ। डोम हाउसलाई रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट, मिडिया स्टुडियो, निजी कार्यालय, वा विभिन्न कार्यक्रम तथा प्रदर्शनी स्थलको रूपमा प्रयोग गर्न सकिन्छ।

यो समाचारमा

बद्री पाण्डेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...