उत्पादन बढाउन र आयात रोक्न पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ साउन १६, शुक्रबार

19
Share
Featured
  • सरकारद्वारा साउन १६ गते ‘राष्ट्रिय कोदो दिवस’ घोषणा गरी मनाउँदै छ।
  • नेपालले गत वर्ष ७६ करोड रुपैयाँ बराबरको कोदो आयात गरेकाले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न दिवस महत्त्वपूर्ण छ।
  • दिवसमा भक्तपुर लगायत देशभर कार्यक्रम, कोदो रोपाइँ र विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको 
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले कोदोजन्य बालीको उत्पादन तथा उत्पादकत्व बढाउने र बढ्दो आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले आज (शुक्रबार) पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस’ मनाउँदैछ। साना किसानको आयआर्जन वृद्धि, खाद्य सुरक्षा र पोषण प्रवर्द्धनका लागि हरेक वर्ष साउन १६ गतेलाई कोदो दिवसका रूपमा मनाउन लागिएको हो।

यस वर्षको दिवसका लागि ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा गठित प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समितिले दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।

विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै नेपालमा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको थियो। यही बढ्दो आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

महानिर्देशक सञ्जेलले कोदो जस्ता बालीहरूको प्रवर्द्धनले देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न र जैविक विविधता संरक्षण गर्दै खाद्य प्रणालीलाई रूपान्तरण गर्न मद्दत पुग्ने बताउनुभयो।

दिवसको अवसरमा आज भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा कोदो रोपाइँका साथै कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूलाई पुरस्कार र कदरपत्रद्वारा सम्मान गरिनेछ।

यसका साथै, प्रदेश र स्थानीय तहहरूले पनि आ-आफ्नो क्षेत्रमा विविध कार्यक्रमहरू आयोजना गरी दिवस मनाउँदैछन्।

यो समाचारमा

भक्तपुरचाँगुनारायण नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...