काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: प्रकाशित गरिएको छ ।आइतबार केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: प्रकाशित गरेको हो ।
सजिलो पत्रिका
२०८२ जेठ २८, बुधबार १३:५०

काठमाडौँ, जेठ २७ ।
संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।
प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा अवरोध सिर्जना गर्दै आएको छ। यही कारणले गर्दा संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। दलहरूबीच पटक–पटक सहमतिको प्रयास भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन, जसले गर्दा संसदीय गतिरोध कायमै छ।
संसद सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची भने तय गरेको छ। जसअनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। बजेटमाथिको छलफल सरकारको प्राथमिकतामा रहे पनि विपक्षीको अवरोधका कारण अघि बढ्न सकेको छैन।
त्यस्तै, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ। यो विधेयक लामो समयदेखि प्रतीक्षित छ।
यद्यपि, प्रमुख प्रतिपक्षी दल आफ्नो मागमा अडिग रहेकाले यी कार्यसूचीमाथि छलफल हुन पाउने वा नपाउने भन्ने कुरा बैठक सुरु भएपछि मात्रै थाहा हुनेछ। प्रतिपक्षीको निरन्तर अवरोधका कारण संसद्का महत्वपूर्ण काम-कारबाही प्रभावित बन्दै आएका छन्। आजको बैठक सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका साथ अघि बढ्छ वा विगतका दिनहरूमा जस्तै अवरोधकै बीच स्थगित हुन्छ भन्नेमा सबैको चासो छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कुल मतदान: 0

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: प्रकाशित गरिएको छ ।आइतबार केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: प्रकाशित गरेको हो ।
Loading brands...