कांग्रेसको आन्तरिक मामलामा बोलेपछि एमाले सचेतक बर्तौलाको चर्को आलोचना

Author

सजिलो पत्रिका

२०८२ साउन १२, सोमबार

53
Share
Featured
  • काँग्रेसको आन्तरिक विवादबारे बोलेका एमाले नेता महेश बर्तौलालाई सामाजिक सञ्जालमा कडा आलोचना गरिएको छ।
  • कांग्रेस नेताहरूले बर्तौलाको टिप्पणीलाई अराजनीतिक भन्दै उनको हैसियत सम्झन आग्रह गरेका छन्।
  •  विश्लेषकहरूले बर्तौलाको भनाइलाई आफ्नै पार्टीको संकटबाट ध्यान मोड्ने र राजनीतिक मर्यादाविपरीतको प्रयास भनेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेकपा एमालेका मुख्य सचेतक महेश कुमार वर्तौलाले नेपाली काँग्रेसको आन्तरिक मामिलामा टिप्पणी गरेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ। आफ्नै पार्टीभित्र गम्भीर कलह र विभाजनको सामना गरिरहेका बेला बर्तौलाले विपक्षी दलको विषयमा बोल्नुलाई ‘अराजनीतिक’ भन्दै कांग्रेस नेताहरूले प्रतिवाद गरेका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध कांग्रेसकै सांसदले अविश्वास प्रस्ताव ल्याएपछि एक टेलिभिजन कार्यक्रममा बर्तौलाले “एक व्यक्तिको चरम महत्त्वाकांक्षाले प्रस्ताव आएको र यस्तो खेलले संसदीय प्रणालीलाई गलत दिशातर्फ लैजाने” बताएका थिए।
बर्तौलाको उक्त टिप्पणीपछि कांग्रेस नेताहरूले कडा शब्दमा आपत्ति जनाएका छन्। कांग्रेस काभ्रेका नेता मछिन्द्रकुमार लामाले सामाजिक सञ्जालमा लेखेका छन्, “महेश बर्तौला जी, तपाईं एमालेको माननीय हो कि कांग्रेसको प्रवक्ता? होसमा बोल्नुस्, हैसियत नबिर्सनुस्।”

त्यस्तै, बागमती प्रदेशका नेता होमराज चौंलागाईंले ‘आफ्नो घर जलेर खरानी भएको थाहा नपाई छिमेकीको चिन्ता नगर्न’ सुझाव दिएका छन्। उनले पूर्वराष्ट्रपति विद्या देवी भण्डारी, माधवकुमार नेपाल र भीम रावलको बहिर्गमनले निम्त्याएको एमालेभित्रको कलहलाई ध्यान दिन आग्रह गरे।

आलोचकहरूले बर्तौलाको टिप्पणीलाई ‘आफ्नो घरको आगो नदेख्ने, छिमेकीको घर निभाउन खोज्ने’ प्रवृत्तिको संज्ञा दिएका छन्। राजनीतिक विश्लेषकहरूले यसलाई राजनीतिक शिष्टाचारविपरीतको कार्य भन्दै आफ्नै दलभित्रको समस्याबाट ध्यान मोड्ने प्रयास हुन सक्ने बताएका छन्।

यो समाचारमा

नेपाली काँग्रेसविद्या देवी भण्डारीबहादुर सिंह लामाबागमती प्रदेश
माधवकुमार नेपाल6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...