ब्राजिलका पूर्वराष्ट्रपतिको शरीरमा निगरानी उपकरण जडान गर्न अदालतको आदेश

Author

सजिलो पत्रिका

२०८२ साउन ०३, शनिबार

19
Share
Featured

। यो यस्तो उपकरण हो जसले त्यो व्यक्ति कहाँ छ,  कुनै निश्चित क्षेत्रभन्दा बाहिर गएको छ/छैन ट्रयाक गर्छ ।

यो आदेश प्रहरीले ब्रासिलियामा बोल्सोनारोको घर र उनको पार्टीको मुख्यालयमा छापा मारेपछि आएको हो । 

समाचार सारांशGenerated using AI.

काठमाडौँब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई ‘इलेक्ट्रोनिक निगरानी उपकरण’ लगाउन त्यहाँको सर्वोच्च अदालतको आदेश दिएको छ ।

इलेक्ट्रोनिक निगरानी उपकरण व्यक्तिको खुट्टाको गोलीगाँठोमा बाँधिन्छ । यो यस्तो उपकरण हो जसले त्यो व्यक्ति कहाँ छ,  कुनै निश्चित क्षेत्रभन्दा बाहिर गएको छ/छैन ट्रयाक गर्छ । यो आदेश प्रहरीले ब्रासिलियामा बोल्सोनारोको घर र उनको पार्टीको मुख्यालयमा छापा मारेपछि आएको हो । 

 यो कारबाही सर्वोच्च अदालतको निर्देशनमा गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, सामाजिक सञ्जाल प्रयोग गर्न र अनुसन्धानको दायरामा रहेका केही अन्य व्यक्तिहरूसँग सम्पर्क गर्न पनि प्रतिबन्ध लगाइएको छ । 

यी व्यक्तिहरूमा उनको छोरा एडुआर्डो बोल्सोनारो पनि समावेश छन् । एडुआर्डो हाल अमेरिकामा बसिरहेका छन् र उनको ट्रम्पसँगनजिकको सम्बन्ध रहेको समाचार संस्था एपीले जनाएको छ । 

 प्रहरीको विज्ञप्तिमा ब्रासिलियामा दुई ठाउँमा खानतलासी गरिएको र केही सामानहरू जफत गरिएको जानकारी दिएको उल्लेख छ ।

 प्रहरीले गिरफ्तारीबाहेक अन्य धेरै कदमहरू चाले पनि विज्ञप्तिमा कसैको नाम उल्लेख गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले ब्रासिलियामा बोल्सोनारोको निवासबाहिर प्रहरीका सवारीसाधनहरू देखाइएको छ ।  

बोल्सोनारोमाथि सन् २०२२ को निर्वाचनको नतिजा उल्टाउने (सरकार ढाल्ने) षड्यन्त्र रचेको आरोप छ । यस विषयमा अहिले उनीमाथि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । सन् २०२२ को निर्वाचनमा बोल्सोनारो हारेका थिए । उनको ठाउँमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा निर्वाचित भएर राष्ट्रपति बनेका थिए । बोल्सोनारोमाथि निर्वाचन हारेपछि प्रजातन्त्रलाई कमजोर पार्ने प्रयास गरेको आरोप छ ।  

तल्लो सदनमा बोल्सोनारोको पार्टीका नेता सोस्तेनेस सिल्भा काभाल्कान्तेले एपीलाई प्रहरीले पार्टी मुख्यालयमा पनि छापा मारेको बताएका छन् । उनले यो कार्य बोल्सोनारोको विरुद्धमा मात्र नभएर समग्र दक्षिणपन्थी नेताहरूको विपक्षमा भएको टिप्पणी गरेका छन् । उनले यसलाई राष्ट्रवादी र दक्षिणपन्थीहरूलाई दबाउने नयाँ षड्यन्त्रको रूप भएको टिप्पणी गरेका छन् । 

ब्राजिलका मुख्य सरकारी वकिल पाउलो गोनेतले सर्वोच्च अदालतलाई राष्ट्रपति हुँदा बोल्सोनारोले निर्वाचन हारेपछि पनि जानाजानी देशको प्रजातन्त्रलाई कमजोर बनाउने र विद्रोह भड्काउने प्रयास गरेको स्पष्ट प्रमाणहरू रहेको बताएका छन् । बोल्सोनारोले भने यो मुद्दालाई झूठो आरोप भएको बताएका छन् । 

गत हप्ता ट्रम्पले बोल्सोनारोको मुद्दासँग जोडेर ब्राजिलमाथि ५० प्रतिशत आयात शुल्क (ट्यारिफ) लगाएका थिए । एपी

यो समाचारमा

काठमाडौँब्राजिल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...