बागलुङबाट दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार, काठमाडौं ल्याइयो

Author

सजिलो पत्रिका

२०८२ असार २८, शनिबार

35
Share
Featured
  • सुत्केरी हुन नसकेर जटिलता देखिएका ढोरपाटन नगरपालिका–८ की हुमी विक र वडा–५ की देवी सुनारको नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं हवाई उद्धार गरिएको हो।
  •  दुर्गम क्षेत्रको स्थानीय अस्पतालमा सुरक्षित प्रसूति सम्भव नहुँदा उद्धारको पहल गरिएको थियो।
  • दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवती महिलाको ज्यान जोगाउन सरकारले निःशुल्क हवाई उद्धारको व्यवस्था गर्दै आएको छ।A
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बागलुङको बुर्तिबाङस्थित अस्पतालमा सुत्केरी हुन नसकेपछि स्वास्थ्यमा जटिलता देखिएका दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीया हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारको उद्धार गरिएको हो।

स्थानीय अस्पतालमा उनीहरुको सुरक्षित प्रसूति गराउन नसकिने भएपछि तत्काल हवाई उद्धारको लागि पहल गरिएको थियो।

उद्धार गरिएका दुवै जनालाई काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) मा भर्ना गरिएको प्रहरीले जनाएको छ। दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा पर्दा सरकारले निःशुल्क हवाई उद्धारको व्यवस्था गर्दै आएको छ।

यो समाचारमा

ढोरपाटन नगरपालिकाबागलुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...