गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण

Author

सजिलो पत्रिका

२०८२ असार २१, शनिबार

29
Share
Featured
  • गृहमन्त्री रमेश लेखकले बैतडीस्थित जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै शान्ति सुरक्षा अवस्था बारे जानकारी लिएका छन्।
  • भवन अभाव, महिला बालबालिका सेवा केन्द्र र व्यारेक निर्माणका लागि बजेटको माग गरिएको छ।
  • गृहमन्त्रीले आफ्नो कार्यकालमै आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।
समाचार सारांशGenerated using AI.

बैतडी । 

गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयमा निरीक्षण गरेका छन् । लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

निरीक्षणका क्रममा लेखकले जिप्रकालगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्तिसुरक्षाका अवस्थामा जानकारी लिएका छन् । 

गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताएका छन् ।उने भने, “जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र व्यारेक भवन निर्माण आवश्यक बजेट पहलका लागि आग्रह गरेका छौँ ।” जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने बताएका छन् ।

गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्तिसुरक्षाका बारेमा पनि जानकारी लिए । गृहमन्त्री लेखकले आज बिहान यहाँको जगन्नाथ मन्दिरमा दर्शन गर्नुभएको छ । गृहमन्त्री लेखकको आजै बैतडीबाट फिर्ता हुने कार्यक्रम छ ।

यो समाचारमा

बैतडीरमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...