सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, ४ घाइते

Author

सजिलो पत्रिका

२०८२ असार २०, शुक्रबार

20
Share
Featured
  • सुर्खेतमा खेत रोपाइँ गरिरहेको बेला चट्याङ लाग्दा एक युवकको मृत्यु भएको छ ।
  • सोही घटनामा चार जना अन्य स्थानीयवासी घाइते भई मेहलकुना अस्पतालमा उपचार भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुर्खेतको भेरीगंगा नगरपालिका ८ कुइरे भन्ने स्थानमा परेको चट्याङले एक जनाको मृत्यु भएको छ । कुइरेमा रहेको वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा आज दिउँसो ३ बजे एक्कासि चट्याङ लागेर सोही वडाका २७ वर्षीय डिलबहादुर शाहीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चट्याङ लागेर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापश्चात इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्व १०, अस्थायी प्रहरी चौकी जहरे सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा पाँच जनाको प्रहरी टोली सो स्थानमा पुगेर चट्याङ लागेर सामान्य घाइते भएका सोही वडाका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीय सुनिता गिरीलाई मेहलकुना अस्पतालमा पुर्‍याएर उपचार भइरहेको जनाइएको छ ।

यो समाचारमा

सुर्खेतभेरीगंगा नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एलिभेट इनर्जीले मुगुमा बनाउँदै ३०६ मेगावाटको अर्धजलाशययुक्त आयोजना, सन् २०३३ सम्म विद्युत उत्पादन गर्ने लक्ष्य

    सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ ।अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...