वर्षाका कारण तीन प्रमुख सडक ठप्प, बाटो नखुल्दासम्म यात्रा नगर्न प्रहरीको अनुरोध

Author

सजिलो पत्रिका

२०८३ असार २३, मङ्गलबार

12
Share
Featured

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट-डोल्पा सडक, रुकुम-घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन् ।

वर्षाका कारण पहिरो आउँदा जाजरकोटा जिल्लाको नलगाढ नगरपालिका-८ मलुवास्थित जाजरकोट-डोल्पा सडकखण्ड पूर्ण रुपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले असार २२ गते रोल्पाको माडि गाउँपालिका-६ हार्निङमा पहिरो आउँदा रुकुम घोराही सहिद मार्ग बन्द भएको जानकारी दिए ।

त्यसैगरी, असार १७ गते रुकुमपश्चिम आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको भेरी करिडोर हालसम्म सञ्चालनमा आएको छैन । वर्षाका कारण अवरुद्ध भएका केही मुख्य राजमार्ग आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने केही सडक खुलाउने प्रयास भइरहेको केन्द्रीय प्रवक्ता काफ्लेले बताए ।

पूर्ण रूपमा अवरुद्ध भएका राजमार्ग सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई नेपाल प्रहरीले अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घान्द्रुकसँगको सडक सम्पर्क टुट्यो, मोदी खोलाले सडक बगाउँदा पर्यटकहरू बीचमै रोकिए

    कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । अन्नपूर्ण गाउँपालिका, कास्की वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल-विरेठाँटी-घान्द्रुक सडकमा यातायात बन्द भएको छ ।अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका

    Data is loading...

    Loading brands...

    Loading footer...