एसईईमा ४ जीपीए ल्याएकी गोमाको डाक्टर बन्ने सपना साकार पार्दै गुरुङ दम्पती, लिए एमबीबीएससम्मको जिम्मा

Author

सजिलो पत्रिका

२०८२ असार १९, बिहिबार

58
Share
Featured
  • इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठको सम्पूर्ण अध्ययन खर्च मीनबहादुर गुरुङ दम्पतीले व्यहोर्ने घोषणा।
  • गोमालाई गुरुङ दम्पतीले १ लाख रुपैयाँ नगद, ल्यापटप र सम्मानपत्र प्रदान गर्दै काठमाडौंको सेन्ट जेभियर्स कलेजमा पढाउने व्यवस्था गरे।
  • सांसद दुर्लभ थापाले पनि गोमालाई नासा कलेजमा पूर्ण छात्रवृत्तिमा पढाउने इच्छा व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

 इँटाभट्टामा श्रम गर्दै एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा (४ जीपीए) ल्याएकी गोमा श्रेष्ठको शैक्षिक यात्राको सम्पूर्ण जिम्मा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिन बहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले लिने घोषणा गरेका छन्।

गोमाको संघर्ष र सफलताको कथा सार्वजनिक भएपछि गुरुङ दम्पतीले बिहीबार उनलाई आफ्नो कार्यालयमा बोलाएर सम्मान गरेका छन्। सो अवसरमा उनीहरूले गोमालाई एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र प्रदान गरे।

अध्यक्ष गुरुङले गोमालाई काठमाडौंको प्रतिष्ठित सेन्ट जेभियर्स कलेजमा कक्षा ११ र १२ अध्ययन गराउने र त्यसको सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरेका छन्। साथै, भविष्यमा डाक्टर बन्ने गोमाको सपना साकार पार्न एमबीबीएस तहसम्मको सम्पूर्ण शैक्षिक खर्च पनि आफैंले व्यहोर्ने प्रतिबद्धता उनले जनाएका छन्।

यसअघि, भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले पनि गोमालाई पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरेका थिए। सांसद थापाले गोमाले चाहेमा नासा कलेजमा विद्यालयको शुल्क, पोसाक र किताबसमेत निःशुल्क उपलब्ध गराउने बताएका छन्। यद्यपि, उनले गोमासँग भेट्न बाँकी रहेको र भेटेरै यसबारे कुरा गर्ने जानकारी दिएका छन्।

रामेछापको खनियाँपानी स्थायी घर भएकी गोमा चार वर्षको उमेरदेखि नै अभिभावकसँग भक्तपुरको इँटाभट्टामा बसेर चाँगुनारायण-८, सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी थिइन्। भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी उनी अब कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने तयारीमा छिन्।

यो समाचारमा

रामेछापकाठमाडौँमिन बहादुर गुरुङभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...