जिल्ला काठमाडौं अदालतबाट थुनुवा हतकडीसहित फरार

Author

सजिलो पत्रिका

२०८२ असार १५, आइतबार

154
Share
Featured
  • जिल्ला अदालत काठमाडौंबाट चोरी आरोपमा थुनुवा रहेका निराजंग ठकुरी (दशरथ शाही) हतकडीसहित फरार भएका छन्।
  • बयानका लागि अदालत लगिएको बेला शौचालय जाने भन्दै हिँडेका उनी भागेका हुन्।
  • उनलाई प्रहरीले जेठ ३० गते पक्राउ गरेको थियो र हाल प्रहरी खोजीमा सक्रिय छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

जिल्ला अदालत काठमाडौंबाट एक थुनुवा आइतबार हतकडीसहित फरार भएका छन्।

पश्चिम रुकुमका २१ वर्षीय निराजंग ठकुरी भन्ने दशरथ शाही अदालतमा बयानका लागि लगिएको बेला शौचालय जाने भन्दै फरार भएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।

शाहीलाई प्रहरीले जेठ ३० गते चोरी आरोपमा पक्राउ गरेको थियो। सोह्रखुट्टे प्रहरी वृत्तले अनुसन्धान सकेर उनलाई अदालतमा उपस्थित गराएको थियो। बयानअघि शौचालय जान अनुमति लिएर हिँडेका उनी फरार भएपछि प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...