खुर्पा प्रहारबाट एकको मृत्यु, स्वास्थ्य चौकीका कर्मचारी पक्राउ

Author

सजिलो पत्रिका

२०८२ असार १४, शनिबार

68
Share
Featured
  •  बागमती गाउँपालिका–९ बेतिनीमा आज बिहान कुमार थापाले खुर्पा प्रहार गर्दा ५७ वर्षीय रामबहादुर वाइबा गम्भीर घाइते भए।
  • उपचारका क्रममा बिहान ८ बजे बेतिनी स्वास्थ्य चौकीमै वाइबाको मृत्यु भएको हो।
  •  घटना लगत्तै आरोपित थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

हेटौंडा

मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका माकवानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेको समयमा बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबामाथि धारिलो हतियार खुर्पा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जानकारी दिएकाे छ । गम्भीर घाइते वाइबाको आज बिहान करिब ८ बजे उपचारका क्रममा बेतिनी स्वास्थ्य चौकीमै मृत घोषणा गरिएको थियो । उनको शव हेटौंडा अस्पताल पठाइएको छ ।

घटनास्लथलमा खटिएका इलाका प्रहरी कार्यालयका फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक पावलसिंह लामाको टोलीले आरोपित थापालाई नियन्त्रणमा लिएको छ ।

यो समाचारमा

हेटौंडाबागमती गाउँपालिका माकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...