पूर्वराजा शाहको जन्मोत्सवमा सर्वसाधारणलाई निर्मल निवास खुला गरिने

Author

सजिलो पत्रिका

२०८२ असार १३, शुक्रबार

46
Share
Featured
  • पूर्वराजा ज्ञानेन्द्र शाहले असार २३ गते आफ्नो ७९औँ जन्मोत्सवमा शुभेच्छुकसँग भेटघाट गर्नेछन्।
  • निर्मल निवास बिहान ११ देखि दिउँसो २ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।
  • संवाद सचिवालयले कार्यक्रमबारे जानकारी दिँदै जनचाहनाअनुसार शुभकामना ग्रहण गरिने उल्लेख गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९औँ जन्मोत्सवको अवसरमा सर्वसाधारण तथा शुभेच्छुकहरूलाई भेट्ने भएका छन् । यही असार २३ गते पर्ने जन्मोत्सवका दिन उनले शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि आफ्नो निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गर्ने भएका हुन् ।

पूर्वराजा शाहको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सचिवालयका संवाद सचिव डा. फणिराज पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा जन्मोत्सवका दिन आयोजना हुने कार्यक्रमबारे उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनचाहनाअनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा मौसुफबाट शुभकामना तथा अभिवादन ग्रहण गरिबक्सने कार्यक्रम रहेको छ ।’

विज्ञप्तिअनुसार, जन्मोत्सवका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक, विभिन्न संघसंस्था तथा आमनागरिकका लागि निर्मल निवास खुला रहनेछ । पूर्वराजा शाहले हरेक वर्ष आफ्नो जन्मोत्सवमा शुभेच्छुकहरूसँग भेटघाट कार्यक्रम आयोजना गर्दै आएका छन् ।

यो समाचारमा

काठमाडौँज्ञानेन्द्र शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...