सिरहामा किशोरीद्वारा प्रेमीमाथि छुरा प्रहार

Author

सजिलो पत्रिका

२०८२ असार ०५, बिहिबार

82
Share
Featured
  • सिरहाको गोलबजारमा किशोरीले आफ्ना प्रेमी भनिएका युवकमाथि छुरा प्रहार गर्दा दुवै घाइते भएका छन्।
  • छुरा प्रहारपछि किशोरी छतमाथिबाट हाम फालेर घाइते भएकी थिइन् र दुवैको अस्पतालमा उपचार गरिएको छ।
  • घटना प्रेम सम्बन्धसँग जोडिएको देखिए पनि आक्रमणको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

सिराहा । 

सिराहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएका युवकमाथि छुरा प्रहार गरेकी छिन्। गोलबजार नगरपालिका , सिराहा–२ की १७ वर्षीया अनिशा मण्डलले गोलबजार–१३ निवासी २४ वर्षीय अशोककुमार महतोमाथि छुरा प्रहार गर्दा महतो घाइते भएका हुन्।

प्रहरीका अनुसार घटना महतो बस्दै आएको भाडाको घरभित्र भएको हो। छुरा प्रहार भएपछि घरभित्रको होहल्ला सुनेर स्थानीयहरू पुगेका थिए। त्यहीबेला अनिशाले घरको भर्‍याङ हुँदै छतमाथिबाट हाम फालेकी थिइन्, सोही कारण उनी पनि घाइते भइन्।

घाइते महतोको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने किशोरीको लाइफ लङ अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सिरहा पठाइएको छ।

प्रहरीका अनुसार घटनाको कारण भने हालसम्म स्पष्ट भएको छैन। दुवैजनाबीच प्रेम सम्बन्ध रहेको र नियमित भेटघाट हुँदै आएको जनाउँदै, आक्रमणको कारणबारे विस्तृत अनुसन्धानपछि मात्र खुल्ने बताइकाे छ । हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

गोलबजार नगरपालिका , सिराहासिराहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...