गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे पदमुक्त

Author

सजिलो पत्रिका

२०८२ असार ०४, बुधबार

71
Share
Featured
  • सर्वोच्च अदालतले दिपक मनाङेलाई सांसद पदबाट पदमुक्त गरेको छ ।
  • २०७९ को निर्वाचनमा उम्मेदवार बन्नै अयोग्य थिए भन्ने निष्कर्ष सहित उनको पद तत्कालै खारेज भएको हो।
  • ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्षको कैद सजाय सर्वोच्चले सदर गरेको र उनी हाल डिल्लीबजार कारागारमा कैद भोगिरहेका छन्।
  • मनाङे स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भई दुई कार्यकालमा मन्त्रीसमेत बनेका थिए ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ४ ।

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे(राजीव गुरुङ) लाई सांसद पदबाट पदमुक्त गरेको छ। फौजदारी अभियोगमा दोषी ठहर भएको व्यक्ति सांसद बन्न अयोग्य हुने ठहर गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासले मंगलबार उनको पद खारेज गर्ने फैसला सुनाएको हो।

अदालतको यो निर्णयसँगै मनाङेको सांसद पद तत्कालै खारेज भएको छ। सर्वोच्चले उनी २०७९ को प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न नै अयोग्य रहेको निष्कर्ष निकालेको छ।

ज्यान मार्ने उद्योग मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा सुनाएको ५ वर्ष कैद सजायलाई सर्वोच्चले सदर गरेपछि मनाङे सांसद पदमा रहन अयोग्य भएका हुन्। सोही मुद्दामा उनी हाल काठमाडौंको डिल्लीबजार कारागारमा जेल सजाय काटिरहेका छन्।

मनाङे २०७९ को निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए। उनी गण्डकी प्रदेशमा दुई कार्यकालमा गरी ५ वर्ष मन्त्रीसमेत बनेका थिए।

यो समाचारमा

गण्डकी प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...