वाम लोकतान्त्रिक शक्तिहरुकै कारण देशमा ठूला आन्दोलनहरू सफल भएको मन्त्री पाण्ड को दाबी

Author

सजिलो पत्रिका

२०८२ असार ०४, बुधबार

38
Share
Featured

उनले पुष्पलालको योगदानलाई आजको पुस्ताले बुझ्न आवश्यक रहेको भन्दै पुष्पलाललाई सीमित व्यक्तिले मात्र चिन्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे ।उनले भने, ‘पुष्पलाल राष्ट्रिय पुरस्कार निरन्तर सञ्चालन हुन्छ । यो विचारको निरन्तरता हो ।’

समाचार सारांशGenerated using AI.

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको कारण सफल भएको बताएका छन् । 

बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशको ऐतिहासिक आन्दोलनहरूमा वाम लोकतान्त्रिक शक्तिको योगदान निर्णायक रहेको बताए । 

उनले पुष्पलालको योगदानलाई आजको पुस्ताले बुझ्न आवश्यक रहेको भन्दै पुष्पलाललाई सीमित व्यक्तिले मात्र चिन्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे ।उनले भने, ‘पुष्पलाल राष्ट्रिय पुरस्कार निरन्तर सञ्चालन हुन्छ । यो विचारको निरन्तरता हो ।’

उनले २०६२/०६३ को जनआन्दोलनदेखि संविधान सभामार्फत संविधान जारी हुनुमा वाम र लोकतान्त्रिक शक्तिहरूको सहकार्यले नै सफलता दिलाएको दाबी गरे । 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको थियो । राजनीतिक सैद्धान्तिक विधामा अर्घाखाँचीकी शान्ता मानवी, इतिहास विधामा मोरङका डा. मेदनप्रसाद सेढाइँ, तथा जनकी–उदयपुरका राममणी पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो ।


यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेलबद्री पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...