काठमाडौँ। इरान र इजरायलबीचको बढ्दो द्वन्द्वका कारण चेक गणतन्त्र र पोल्याण्डले आफ्ना नागरिकहरूलाई इजरायलबाट उद्धार गर्न सुरु गरेका छन्।
चेक रक्षा मन्त्री जाना सेर्नोचोभाले मङ्गलबार बिहान चेक सरकारको एउटा विमान इजरायलबाट ६६ जना यात्रु बोकेर प्रागमा अवतरण गरेको पुष्टि गरेकी छन्। उद्धार गरिएका अधिकांश चेक नागरिक थिए भने उनीहरूसँग अन्य राष्ट्रियताका केही आफन्तहरू पनि थिए।
यसअघि, सोमबार साँझ स्लोभाक सरकारको उद्धार उडानबाट जोर्डन हुँदै १४ जना चेक नागरिक ब्रातिस्लाभा पुगेका थिए। थप ११ जनालाई आज पछि स्लोभाक सरकारको अर्को विमानबाट उद्धार गरिने जनाइएको छ । ।
पोल्याण्डले पनि आफ्ना नागरिकहरूका लागि उडानहरूको व्यवस्था गरिरहेको छ। पोल्याण्डका विदेश मन्त्री राडोस्लाव सिकोर्स्कीले हिजो ३०० भन्दा बढी पोल्याण्डका नागरिकले इजरायलबाट उद्धारका लागि अनुरोध गरेको बताएका थिए।
मोस्चिका-डेन्डिसले पोल्याण्डले तेहरानमा रहेको आफ्नो दूतावासका गैर-आवश्यक कर्मचारीहरूलाई अजरबैजानको बाकु हुँदै उद्धार गर्ने योजना पनि बनाइरहेको जनाइएको छ ।

इरान र इजरायल ले पछिल्ला पाँच दिनको आक्रमण गरेको स्थानहरू यि हुन् :
ईरान र इजरायल ले पछिल्ला पाँच दिनको संघर्षमा आक्रमण गरेको स्थानहरू देखाइएको छ।
पछिल्लो पाँच दिनको द्वन्द्वमा इरान र इजरायलमा हवाई हमलाबाट कहाँ-कहाँ प्रहार भएको छ भन्ने कुरा तलका नक्सामा देखाइएको छ ।
इरानी हमलाहरूले उत्तरी र मध्य इजरायलमा प्रहार गरेका छन्, जबकि १०० भन्दा बढी इजरायली हमलाहरूले तेहरानमा प्रहार गरेका छन्।
इरानमा प्रहार भएका स्थानहरू:
•तेहरान: इजरायली हमलाहरूको मुख्य निशाना बनेको छ, जहाँ १०० भन्दा बढी हमलाहरू भएका छन्। तेहरानको विभिन्न आवासीय क्षेत्रहरू, सैन्य आधारहरू, इन्धन भण्डारण डिपो, र इरानी सरकारी टिभी भवनमा पनि प्रहार भएको छ।
• इस्फहान: इरानको परमाणु संरचनाको मुख्य क्षेत्र र ठूला सैन्य संरचनाहरू भएको सहर।
• कर्मानशाह: यहाँको फराबी अस्पतालमा इजरायली हमला भएको बताइएको छ।
• तेहरानको दक्षिणपश्चिममा रहेको बिड कानेह मिसाइल सुविधा: यसमा पनि क्षति पुगेको बताइएको छ।
• साउथ पार्स देशको मुख्य ग्यास उत्पादन केन्द्र, यसमा इजरायली ड्रोनले प्रहार गरेको बताइएको छ।
• नतानज र फोर्डो यी आणविक केन्द्रहरूमा इजरायली हमला भएको बताइएको छ।

इजरायलमा प्रहार भएका स्थानहरू:
•उत्तरी इजरायल र मध्य इजरायल: इरानी हमलाहरूले यी क्षेत्रहरूमा प्रहार गरेका छन्।
•तेल अभिभ र आसपासका क्षेत्रहरू: यहाँ इरानी मिसाइलहरू प्रहार भएका छन्, जसमा पेताह टिक्वा (Petah Tikva) सहरको एक आवासीय भवन र टेल अभिभमा रहेको अमेरिकी दूतावासको शाखामा सामान्य क्षति भएको छ।
•हाइफा यो बन्दरगाह सहरमा पनि इरानी मिसाइल प्रहार भएको छ, जसले रिफाइनरीहरू र सहायक कम्पनीहरू बन्द गरेको छ। यहाँ केही मानिसको मृत्यु पनि भएको बताइएको छ।
• बात याम मध्य इजरायलको बात याम सहरमा इरानी मिसाइल प्रहारबाट एक भवनमा क्षति भएको छ।
• जेरुसेलम यहाँ पनि विस्फोटका आवाज सुनिएको खबर छ।
• ताम्रा र हाइफा नजिकका आवासीय क्षेत्रहरू: यी ठाउँहरूमा पनि हमला भएको छ।

तेहरानमा इजरायली हमलापछि आवासीय क्षेत्रमा उद्धारकर्मीको खोजी कार्य जारी
तेहरान, जुन १७, २०२५ – इजरायलको राजधानीमा भएको इजरायली हवाई हमलापछि तेहरानका आपत्कालीन सेवाहरूले भग्नावशेषमा खोजी कार्य गरिरहेका छन्।
इरानी रेड क्रिसेन्ट सोसाइटीले आफ्नो टेलिग्राममा पोस्ट गर्दै भनेको छ, "इजरायली शासनका आवासीय घरहरूमा आक्रमण जारी छन्," र उनीहरूले "घाइते र प्रभावितहरूलाई सहयोग" प्रदान गरिरहेको जनाएका छन्।
इजरायलले गत शुक्रबार इरानी आणविक पूर्वाधार र अन्य लक्ष्यहरूमा प्रारम्भिक रूपमा आक्रमण सुरु गरेको थियो।


युसरी सुरु भएको थियो दुई देशको प्रत्यक्ष द्वन्द्व
इरानसमर्थित प्यालेस्टिनी समूह हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि यी दुई देश प्रत्यक्ष द्वन्द्वमा ओर्लिए । त्यस आक्रमणका लागि आर्थिक, हातहतियार, तालिम तथा आवश्यक सूचना जुटाउन इरानले हमासलाई सघाएको आरोप इजरायल र अन्य पश्चिमा देशले लगाएका थिए । इरानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । इजरायलले प्यालेस्टाइनसहित सिरिया, लेबनान, इराकजस्ता देशमा रहेका इरानसमर्थित मिलिसियासम्म जवाफी कारबाही विस्तार गरेको छ । इजरायलले सन् २०२४ को मध्यसम्ममा इरानसमर्थित र इरानी भूमिमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो ।
इरानले भने इजरायलविरोधी संगठनहरूमार्फत आक्रमण झनै चर्कायो । मुख्यतया यमनका हुथी विद्रोहीले रेड सी भएर आउजाउ गर्ने इजरायली र अमेरिकी जहाजहरूलाई बारम्बार निशाना बनाए । अक्टोबर २०२३ यताका २० महिनामा इजरायल र इरान वा इरानसमर्थित समूहबीच ८ हजार पटकभन्दा धेरै आक्रमण–प्रत्याक्रमण भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
य्द्धुका सन्दर्भमा प्राविधिक र स्रोतसाधनका हिसाबले इजरायल बलियो देखिन्छ । मानव जनशक्ति र क्षेत्रीय प्रभावसँगै मुस्लिम धार्मिक भावनाका दृष्टिले इरान बलियो छ । इजरायलसँग अहिले १ लाख ७० हजार कार्यरत र ४ लाख ६५ हजार रिजर्भ सैन्यशक्ति छ भने इरानसँग कार्यरत र रिजर्भ गरेर झन्डै १० लाख सैनिक रहेको आकलन छ । इजरायलसँग २ सय ४० लडाकु विमान, ६०० युद्धविमान र एफ–३५ जस्ता अत्याधुनिक लडाकु विमान रहेको मानिन्छ । शक्तिशाली आइरन डोम, अन्य मिसाइल डिफेन्स, आर्टिफिसियल इन्टेलिजेन्ससहितका हातहतियार र प्रविधिले इजरायल भरिभराउ छ । ऊसँग १३ सयभन्दा बढी ट्यांक र लगभग ४० हजार सैन्य वाहन छन् ।
इरानसँग ५५१ विमान, १ हजार ७ सय १३ ट्यांक र झन्डै ६२ हजार सैन्य वाहन रहेको अलजजिराले उल्लेख गरेको छ । इरानसँग २५ सबमरिन र ७ फ्रिगेट १०७ भन्दा बढी जल सैन्य वाहन रहेका छन् । इजरायलसँग जल सैन्य वाहनको संख्या ५ सबमरिन र ७ कर्भेटसहित ६२ छ । तर युद्ध भइहाले दुई देशमा मात्र सीमित रहने अवस्था छैन किनभने अमेरिका, बेलायत र युरोपेली देशहरूले खुला रूपमा इजरायलको समर्थन गर्दै आएका छन् ।
पछिल्ला केही वर्षमा रुससँग नजिक रहेको इरानलाई तुर्किएसहित पश्चिम एसियाका कतिपय देशले सघाउन सक्ने अवस्था छ । आफूसँग आणविक हतियार रहेको घोषणा खुला रूपमा नगरे पनि इजरायलसँग ८०–९० वटा आणविक वारहेड रहेको विश्लेषकहरूको अनुमान छ ।
विभिन्न एजेन्सीको सहयोगमा